स्वास्थ्य ब्यवहारसम्बन्धी सामुदायिक सर्वेक्षण
- Tejendra Kumar Pun

- Mar 11, 2020
- 36 min read
स्वास्थ्य ब्यवहारसम्बन्धी सामुदायिक सर्वेक्षण
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय,वी.एड. चौथो
वर्षको सामुदायिक स्वास्थ्य सर्वेक्षण- HP.Ed 448 माइनर को प्रयोगात्मक परीक्षाको आंशिक
पाठ्यभार पुरा गर्न
तयार गरिएको प्रतिवेदन
प्रस्तुत्कर्ताहरु:
क्र.स.
पद
सदस्यहरुको नाम, थर
सिम्बोल न.
रजिष्ट्रेशन न.
१.
टोली नेता
तेजेन्द्र कुमार पुन
9- 2-240- -
२.
सह-टोलि नेता
ललिता खरेल
३.
सदस्य
ममता परियार
४.
सदस्य
रबिना नेपाली
५.
सदस्य
प्रतिमा घिमिरे
६.
सदस्य
सुजता रानाभाट
७.
सदस्य
गिता कंडेल
८.
सदस्य
सबिना पन्त
विषय शिक्षक
दिपक बाबु श्रेष्ठ
सप्तगण्डकी बहुमुखी क्याम्पस, भरतपुर
ii
स्वीकृत पत्र ( Approval Sheet)
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय सप्तगण्डकी बहुमुखी क्याम्पस, भरतपुर चितवन, स्नातक तहको वी.एड. चौथो वर्षको - HP.Ed 448 माइनर अध्ययन गर्ने विद्यार्थी समुहले उक्त विषयको प्रयोगात्मक आंशिक पाठ्यभार पुरा गर्न सामुदायिक स्वास्थ्य सर्वेक्षण गर्नुपर्ने पाठ्यक्रम अनुरुप अध्ययनरत समुहले चितवन जिल्ला कालिका नगरपालिका वडा न. ५ भिमपुर गरिएको सामुदायिक स्वास्थ्य सर्वेक्षण अध्ययन प्रतिवेदन लाई स्वीकृतिका लागि आन्तरिक सुपरिवेक्षक मार्फत प्रस्तुत गरेकोमा मुल्याकन समिति द्वारा स्वीकृत गरिएको छ l
............................... .................................
आन्तरिक सुपरिवेक्षक बाह्य सुपरिवेक्षक
दिपक बाबु श्रेष्ठ मिति :-२०७७/ /
सप्तगण्डकी बहुमुखी क्याम्पस
भरतपुर चितवन
iii
कृतज्ञता (Acknowledgement)
त्रिभुवन विश्वविद्यालय चार वर्षे तह अन्तर्गत शिक्षाशास्त्र संकाय स्नातक तह चौथो वर्षको स्वास्थ्य शिक्षाको पाठ्यक्रम सामुदायिक स्वास्थ्य सर्वेक्षण विषयको प्रयोगात्मक आंशिक पाठ्यभार पुरा गर्न चितवन जिल्ला कालिका नगरपालिका वाडा न. ५ भिमपुर गाउँमा गरिएको सामुदायिक शिक्षाका लागि "स्वास्थ्य व्यवहारका लागि सामुदायिक सर्वेक्षण" नामक यस सर्वेक्षणले त्यस क्षेत्रको वास्तविक पहिचान, स्वास्थ्य अवस्था, र त्यस ठाउँमा भएका विभिन्न समस्या र तिनका निराकरणका उपायहरु पत्ता लगाई समस्या समाधानका लागि समुदायका व्यक्त्ति प्रत्यक्ष सहभागिता जुटाउन सहयोग गर्नेछ भन्ने अपेक्षा गरेका छौ l अध्ययनले त्यस क्षेत्रको स्वास्थ्य व्यवहार सम्वन्धि समस्याको समाधान र स्वास्थ्य व्यवहार सम्वन्धि ज्ञान दिनका लागि केहि हद सम्म भए पनि योजनाकार, अनुसन्धानकर्ता, तथा विश्लेषकका सामु सम्बन्धित पक्षहरुलाई सहयोग पुग्नेछ भन्ने आशा गरिएको छ l
यस अध्ययनलाई विभिन्न क्षेत्रबाट अतुलनीय सहयोग पुर्याउनुहुने सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्दछौ l विशेष गरि अध्ययनको प्रारम्भ देखि नै आफ्नो अमुल्य समय दिई अध्ययन समुदाय सम्म जानको लागि मार्ग निर्देशन प्रदान गर्नु हुने विषय शिक्षक श्री दिपक वाबु श्रेष्ठ ज्यु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहान्छौ l त्यसै गरि अध्ययन क्षेत्रमा आवश्यक सहयोग सल्लाह सुझाव प्रदान गर्ने चितवन जिल्ला कालिका नगरपालिका वडा न. ५ भिमपुर गाउँका वडा अध्यक्ष्य ज्यु, स्वास्थ्य चौकी, महिला स्वास्थ्य स्वयंसेविका, त्यस वडाका विभिन्न बिद्यालयहरु र सम्पूर्ण विध्यर्थिहरु, समाजसेवी, अभिभावकहरु साथै अध्ययनका लागि सम्पूर्ण तथ्यांक उपलब्ध गराउनुहुने उक्त क्षेत्र(वडाको) सम्पूर्ण बासिन्दालेहरुलाई धन्यवाद दिन चाहान्छौ l अन्त्यमा स्वास्थ्य सम्वन्धमा जिज्ञासा राख्ने र यस क्षेत्रमा स्वास्थ्य व्यवाहार सबन्धि कार्यक्रमहरुको नीति निर्माण तथा स्वास्थ्य कार्यक्रम संचालनकर्ताहरुको लागि उपयोगी भएमा हाम्रो सानो प्रयास सफल भएको ठान्नेछौ l
अध्ययन समूह "ख"
वि.एड. चौथो वर्ष
शिक्षा शास्त्र संकाय
सप्तगण्डकी बाहुमुखी क्याम्पस
भरतपुर, चितवन
विषय सुची (Table of Contents)
कृतज्ञता (Acknowledgement) iii
विषयसूची (List of Contensts) v
चित्र सुची
तालिका सुची (List of Tables)
अध्याय – एक (Chapter- One)
परिचय (Introduction)
१.१ अध्यनको पृष्ठभूमि (Background of the Study)
१.२ अध्ययन क्षेत्रको परिचय (Introduction of the Study site)
१.३ समस्याको कथन (Statement of the Problems)
१.४ अध्ययनको उदेश्य (Objective of study)
१.५ आशा गरिएका उपलव्धि (Expected outcome)
१.६ अध्ययनको महत्व (Significance of the Study)
१.७ अध्ययनको परिसिमाङकन (Delimitation of the Study)
अध्याय – दुई (Chapter – Two)
अध्ययन विधि (Methodology)
२.१ अध्ययको ढांचा (Study Design)
२.२ अध्ययन क्षेत्रको छनौट (Selection Study Site)
२.३ अध्ययनको जनसंख्या (Study of Population)
२.४ तथ्यांकको संकलनको स्रोतहरु (Sources Of Data collection)
२.५ नमुना छनोट प्रक्रिया र नमुना आकार (Sampling Procedure and Sampling Size)
२.६ तथ्यांक संकलनका साधनहरु (Data collection Tools)
२.७ सर्वेक्षण साधनको बैधता (Finalization of tools)
२.८ समुदायमा प्रवेश (Entry in the community)
२.९ तथ्यांक संकलन प्रक्रिया (Data collection procedure)
२.१0 तथ्यांक विश्लेषण प्रक्रिया तथा प्रस्तुतीकरण (Data analysis process and presentation)
अध्याय- तिन (Chapter- Three)
तथ्यांकको प्रस्तुतीकरण तथा विश्लेषण (Data Analysis and Interpretation)
३.१ जनसाख्यिक तथा आर्थिक विवरण
३.१.१ उमेर र लिङ्गको आधारमा जनसख्याको बनोट
३.१.२ परिवारको किसिम
३.१.३ जातिगत विवरण
३.१.४ धर्म सम्बन्धि विवरण
३.१.५ पेशागत विवरण
३.१.६ उत्तरदाताको बैबाहिक स्थिति
३.२ आर्थिक स्थिति सम्बन्धि विवरण
३.२.१ आम्दानीको स्रोत
३.२.२ पारिवारिक खर्च सम्बन्धि विवरण
३.२.३ जग्गा सम्बन्धि बिवरण
३.२.४ यातायात साधन सम्बन्धि विवरण
३.२.५ घर पालुवा जनावर सम्बन्धि बिवरण
३.२.६ उत्पादन सम्बन्धि विवरण
३.३ सामाजिक सास्कृतिक स्थिति सम्बन्धि विवरण
३.३.१ महिनावारी सम्बन्धि विवरण
३.३.२ फुर्सदको समय सम्बन्धि विवरण
३.३.३ मद्द्यपान सम्बन्धि बिवरण
३.३.४ स्वाथ ब्यबहार सम्बन्धि जानकारी
३.४ वातावरण स्वास्थ्य सम्बन्धि जानकारी
३.४.१ खानेपानी श्रोत सम्बन्धि विवरण
३.४.२ खानेपानी व्यवस्थापन सम्बन्धि विवरण
३.४.३ खाना पकाउने इन्धन सम्बन्धि विवरण
३.४.४ फोहोरमैला व्यवस्थापन सम्बन्धि विवरण
३.४.५ शौचालय सम्बन्धि विवरण
३.४.६ शौचालयको अवस्था सम्बन्धि विवरण
३.५ वातावरण सरसफाई सम्बन्धि विवरण
३.६ बच्चा जन्माउने सम्बन्धि जानकारी
३.७ रतन्धो रोग सम्बन्धि विवरण
३.८ फलफुल खाने सम्बन्धि बिवरण
अध्याय : चार (chapter -4)
सारांश, प्राप्ति, निष्कर्ष र सुझाबहरु (Summary, Findings, Conclusion And suggestion)
४.१ सारंश (Summary)
४.२ अध्ययनका प्राप्तिहरू
४.२.१ सामाजिक तथा जानसाख्यिक विवरण
४.२.२ खानेपानि तथा सरसफाई सम्बन्धि विवरण
४.२.३ खाना, पोषण र कुपोषणजन्य अवस्था
४.२.४ मद्यपान तथा लागु पदार्थ सम्बन्धि विवरण
४.३ निष्कर्ष
४.४ सुझावहरु
अध्याय : पाँच (Chapter -5)
स्वस्थ व्यवहारसम्बन्धि सामुदायिक सर्वेक्षण (Survey of community health behavioral programme )
५.१ पृष्ठभुमि (Background)
५.२ कार्यक्रमको उदेश्य
५.३ अपेक्षीत उपलव्धी
५.४ कार्यक्रमको लक्षित समूह
५.५ आवश्यक स्रोत र साधनहरु
५.६ बिधि तथा प्रक्रिया
५.७ प्रथम भेला (First Assembly)
सामुदायिक स्वास्थ्य समितिको गठन
५.८ दोस्रो भेला (Second Assembly)
तथ्यांक प्रस्तुति कार्यक्रम र एक्सन कार्यक्रमको लागि योजना
५.९ तेस्रो भेला (Third Assembly)
कार्यक्रमको कार्यन्वयन
५.१० मुल्यांकन र अनुगमन (Evaluation and Follow up)
अनुसूची घान चार्ट
Questions
Action Programme
सन्दर्भ सामाग्री (References)
अध्ययन स्थलमा लीइएका केहि तस्विरहरु
अध्याय –एक (Chapter -One)
परिचय (Introduction)
१.१ अध्ययनको पृष्ठभूमि (Background of the Study)
नेपाल एक विश्वमै प्राकृतिक सौन्दर्यताको दृष्टिकोणले भरिपूर्ण मुलुकहरु मध्यको देश हो l बिस्व भुपरिवेशको थोरै मात्र अंश (०.०३ प्रतिशत) क्षेत्रफल ओगटेको विकासोन्मुख राष्ट्र हो l वि. स. २०६८ शालको जनगणना अनुसार नेपालको कुल जनसंख्या २,६४,९४,५०४ रहेको छ l जसमा पुरुषको संख्या १,२८,४९,०४१ (४८.५०) र महिलाको संख्या १,३६,४५,४६३ (५१.५०) रहेको छ l नेपालको जनसंख्या बृद्दीदर १.२५५ लैंगिक अनुपात ९४.१६५, कुल साक्षरता ६५.९५ रहेको छ l जसमा पुरुषको साक्षरता ७५.१ प्रतिशत छ भने महिलाको ५७.४ प्रतिशत रहेको छ l (CBC,2014)
नेपाललाई भौगोलिक दृष्टिकोणले हिमाल, पहाड र तराई गरि ३ भागमा विभाजन गरिएको थियो भने हाल ७ वटा प्रदेश र ७७ वटा जिल्लाहरु कायम गरिएका छन् l नेपालको वर्तमान स्थानीय संरचना अनुसार ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २७६ वटा नगरपालिका र ४६० वटा गाउँपालिकाको साथै ६,७४३ वटा वडाहरु रहेका छन् l (स्थानीय सरकार संचालन ऐन, २०७४) l नेपालमा वर्तमान समयमा केन्द्रिय अस्पताल संख्या ६ वटा छन् भने क्षेत्रीय संरचनालाई पनि पाँच भागमा विभाजन गरि स्वास्थ्य सेवा क्रियाकलाप आयोजना गरिएको पाइन्छ l जसमा क्षेत्रीय अस्पताल ३ वटा, उप क्षेत्रीय अस्पताल ३, क्षेत्रीय तालिम केन्द्र ५ वटा, क्षेत्रीय मेडिकल स्टोर ५ वटा र क्षेत्रीय क्षयरोग केन्द्र १ वटा रहेको छ l त्यसै गरि अन्य स्वास्थ्य संरचना अन्तरगत अंचल अस्पताल १० वटा, जिल्ला जनस्वास्थ्य कार्यालय २९, जिल्ला जनस्वास्थ्य कार्यालय ५९ वटा जिल्ला अस्पताल ८५ वटा, प्राथमिक स्वास्थ्य केन्द्र २०८ वटा,स्वास्थ्य चौकी ३,८०८, (FCHV- Female community Health Volunteer) ५१४२०, PHC/ORC/OUT Reach Clinic)१२,१८० रहेको 5-HMIS, DOHS 2073/74 हाम्रो देश नेपालमा रहेको विभिन्न क्षेत्रका समस्या मध्य स्वास्थ्यको क्षेत्रलाई हेर्दा पनि अन्य विकसित राष्ट्रहरुको तुलनामा धेरै पछाडी परेको देखिन्छ l नेपालमा स्वास्थ्य सेवा तथा सुविधाहरु प्रदान गर्नका लागि विभिन्न स्तारमा स्वास्थ्य आवश्यकता अनुसार विभिन्न संख्यामा वा धेरै संख्यामा स्वास्थ्य संस्थाहरु स्थापना गरेता पनि ग्रामिण भेगमा यसको संचालनमा प्रभावकारी भएको पाइदैन l
नेपाल अझै पनि स्वास्थ्य सम्बन्धि चेतनाको स्तर न्युन रहेको पईन्छ l हाम्रो देश नेपालमा अहीले सर्ने रोगको बिरामी भन्दा नसर्ने रोगका बिरामीहरु दिनानुदिन बढ्दै गएको पाइन्छ l मुख्य तया हावा,पानि,खाना र किराजन्य संक्रमण तथा उच्चा रक्तचाप, क्यान्सर, मधुमेह, आदि जस्ता रोगको जोखिमा उच्च रहेको पाइन्छ l पानिजन्य रोगहरुमा हेपताईतिस ए रहेको पाइन्छ l हेपताईतिस ए र ताईफाई ज्वरोको समस्या बढी र खानाजन्य समस्या झाडापखाला बढी प्रभावित देखिन्छ भने किराजन्य रोगहरुमा जापानिज इन्सेफलाइतिस, औलो, कालाजार, डेंगु ज्वरोको जोखिम बढी रहेको पईन्छ l (DOHS,2072/073)
नेपालका ६७ जिल्लाहरु औलोको दृष्टिले प्रभावित रहेका छन् l १० वटा हिमाली जिल्लाहरुमा औलो भएको देखिएको छैन भने १३ वटा जिल्लाहरुमा जोखिम को सुचिमा रहेको छ l मध्यम जोखिम १८ वटा जिल्लाहरुज्मा रहेका छन् भने ३४ वटा जिल्लाहरु निम्न जोखिममा पर्दछन l (www.researchgate.com नेपाल टि. बि. रोग बाट पनि निकै प्राभाबित रहेको पाइन्छ l वि.स. २०६२ र ०६३ को प्रतिवेदन अनुसार वर्षेनी ९१९ जनाको मृत्यु टि.वि.रोग बाट भएको देखिन्छ l त्यसमा पनि पुरुष तथा महिलाको अनुपात २:१ रहेको पाइन्छ l (DOHS 2072/073)
नेपालमा परिवार नियोजनका साधन प्रयोग गर्ने व्यक्तिको संख्या केहि बृद्दी भएको पाइन्छ l नेपालमा परिवार नियोजनको साधन पर्योग गर्ने पुरुषहरुको संख्या ३,४५,६३४ (१३ प्रतिशत र महिलाको संख्या १०४००७८ ( ३८ प्रतिशत ) रहेको पाईन्छ l जसमा स्थायी परिवार नियोजनको साधन बढी प्रयोग हुने गरेको पाइन्छ l (Family Planning DOHS 2069-73)
हाल नेपालमा सुद्द पिउने पानीको शहरी पहुंच भएका ग्रामिण तथा शहरी क्षेत्रको विवरण अनुसार ग्रामिण क्षेत्रमा २,६३,७६,७६७ र शहरी क्षेत्रमा २,६०,४८,५३० जनसंख्या मात्र शुद्द पिउने पानीको पहुंचमा रहेका पाइन्छ भने अझै पनि नेपालको शहरी क्षेत्रका २५,०६,६२२ जनसंख्या र ग्रामिण क्षेत्रका २,३३,४९,८१५ जनसंख्या शुद्द पिउने पानीको पहुँच बिहिन अवस्थामा रहेको छन् l नेपालमा ३० प्रतिशत मानिसहरुले शौचालय प्रयोग नगरेको पईन्छ l (राष्ट्रिय तथ्यांक विभाग)
नेपालमा वर्षेनी ५० प्रतिशत बालबालिका कुपोषण लागेका १.२ प्रतिशत सतन्धो संक्रमण बालबालिका ७८ प्रतिशत बालबालिकालाई रक्तअल्पता जसमा ६ देखि ११ महिना समुझाका शिशुहरुमा ९० प्रतिशत, ५ वर्ष मुनिका ४८ प्रतिशत र गर्भवती महिलामा ८२ प्रतिशत रक्तअल्पता रहेको पाइन्छ l औशत आयु ६९ वर्ष रहेको पईन्छ l जसमा पुरुषको औशत आयु ६०.४ वर्ष र महिलाको ६८.६ वर्ष रहेको पाइन्छ l नेपालमा कुल जनसंख्याको मृत्युदर वार्षिक ५.६ प्रतिशत छ जसमा मातृ मृत्युदर २५८ प्रति हजार र शिशु मृत्युदर ५४ प्रति हजार वार्षिक रुपमा भएको पाइन्छ l (चौथो योजनाको आधारपत्र)
नेपालको आर्थिक आवस्था लाइ हेर्दा SDGN ( Sustainably Development Goals) अनुसार २०३० सम्मको प्रतिव्यक्ति कुल ग्राहस्थ (GDP) ६ प्रतिशत पुर्याउने भए तापनि सन् २०१४ मा ४ प्रतिशत रहेको थियो l २०१६ मा बढेर ४.६ प्रतिशत रहेको थियो l र कृषि विभागको बृद्दी सन् १०१४ मा २.९ प्रतिशत रहेको थियो भने सन् २०१७ मा ३.३ प्रतिशत भएको पाइन्छ l (SDGS Report 2015 ) नेपालको माथि उल्लेखित समस्याहरु र प्रगतिहरुलाई मध्यनजर गर्दा विगतमा भन्दा हाल केही मात्रामा सकारात्मक उपलव्धी हुदै आएको पाइन्छ l स्वास्थ्य क्षेत्रमा समस्याहरुलाइ हेर्दा कुनै रोगबाट हुने रोगिहरु घट्दै आए तापनि कुनै रोगबाट कुनै रोगबाट भएका भएका रोगीको संख्या झानी बढ्दो क्रममा छ l स्वास्थ्यको यस्ता समस्याहरु लाइ हेर्दा व्यक्ति, समाज र राष्ट्र मिलेर वा संगठित भई स्वास्थ्य समस्याहरुको समाधान गर्न वा निराकरण गर्नको लागि आवश्यक छ l नेपालको भौगोलिक, आर्थिक,शैक्षिक, र राजनीतिक जस्ता विभिन्न कारणले गर्दा पनि स्वास्थ्यको स्तर कम रहेको पाईन्छ l हाम्रो देशमा अझै पनि खानेपानि, सरसफाई, पोषण, कुपोषण, परिवार नियोजन, मातृत्व तथा धुम्रपान, मानव रोगहरु (सर्ने र नसर्ने) फोहोर व्यवस्थापन,शौचालयको उचित व्यबस्थापन, सडकहरुको व्यबस्थापन जस्ता बिभिना पक्षहरुमा समस्या र कमजोरी देखिन्छ l यस्ता समस्याहरुलाइ मध्यनजर गरि नेपालको चितवन जिल्लामा रहेको कालिका नगरपालिका वडा. न. ५ भिमपुर गाउँ समुदायमा पनि सोहि किसिमको समस्याहरु पहिचान गर्न,समस्याको कारण पत्ता लगाउन यसको निराकरणको उपाय पत्ता लगाई निराकरण गर्न अन्य समुदायमा भन्दा यो समुदायलाई सामुदायिक सर्वेक्षण गर्न सान्दर्भिक लागेर छनौट गरियो l
१.२ अध्ययन क्षेत्रको परिचय (Introduction of the Study Site)
नारायणी अंचल चितवन जिल्लामा पर्ने कालिका नगरपालिका धार्मिक,सांस्कृतिक, भौगोलिक तथा ऐतिहासिक महत्वले भरिपुर्ण भएको स्थल मध्ये एक हो l त्रिभुवन बिश्वबिद्द्यालय शिक्षा शास्त्र विषय अन्तर्गतको सामुदायिक सर्बेक्षन्को लागि छनोटमा परेको छ l यस नगरपालिकाको कुल क्षेत्रफल १६९.४९ वर्ग किलोमिटर रहेको छ भने २०६८ शालको जनगरणा अनुसार कुल जनसंख्या ४४,८९८ जना रहेको छन् जसमा पुरुषको संख्या २२,३३१(४९.७%) जना र महिलाको संख्या २२,५६७(५०.३%) जना रहेको छ l स्रोत:www.citypopulation.de)
यस नगरपालिकाको बासिन्दाको मुख्य पेशा कृषि, ज्याला मजदुरी, ब्यापार व्यवसाय आदि मुख्य आम्दानीको स्रोतहरु हो l यस अध्ययन छनौटमा परेका कालिका नगरपालिका वडा. न. ५ भिमपुरमा उपचारको लागि निजि तथा सरकारी स्वास्थ्य क्लिनिक र एक वटा स्वास्थ्य चौकी रहेको छ l विद्द्यार्थीहरुको लागि सामुदायिक विद्द्यालय र निजि विद्द्यालयहरुको महत्वपुर्ण योगदान दिईएको पईन्छ l यस अध्ययन क्षेत्रमा रहेका १५० घरधुरीहरूलाई विभिन्न सरकारी तथा गैरसरकारी संघसस्थाहरुले स्वास्थ्य व्यवहार परिवर्तन र स्वास्थ्य उपचारमा महत्वपूर्ण भूमिका खेलेको पाईन्छ l विभिन्न समयमा लाग्ने मौसमी रुघाखोकि, आँखा पाक्ने, झाडापखाला, टि.वि. जस्ता सरुवा रोगहरुको रोकथामका लागि महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य चौकीको भूमिका महत्वपुर्ण रहेको पाईन्छ l अध्ययन समुहले त्यस वस्तीमा त्यस ठाउँको जनसांख्यिक विवरण, खाना पोषण , कुपोषण र यसको व्यवस्थापन, मानव रोगहरु र यसको कारण र व्यवस्थापन, बिद्द्यालय स्वास्थ्य कार्यक्रम, धुम्रपान, मद्द्यपा, लागुपदार्थ, परिवार नियोजन तथा सुरक्षित मातृत्वमा आधारित रहेर सो स्थानमा अध्ययन गरिनेछ l मानिसहरुको स्वास्थ्य व्यवहार परिवर्तन गर्नको लागि कास्तो कस्तो उपायहरुको अवलम्बन गर्नुपर्दछ वा उनीहरुले गरिरहेको व्यवाहारमा के सुधार गर्नु पर्दछ भन्ने विषयमा सर्वेक्षणको समुहले अध्ययन गरेको थियो l
१.३ समस्याको कथन (Statement of the Problems)
वर्तमान समय बैज्ञानिक र प्रबिधिको युग हो l हरेक असम्भब कार्यहरु पनि सम्भब गर्न्ना सक्ने भैसकेका छन् l यसको प्रभाब स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनिय रुपमा रहेको पईएता पनि कतिपय राष्ट्र तथा समुदायको स्वास्थ्य समिति निकै कमजोर रहेको पाईन्छ l विज्ञान र प्रविधिको वर्तामान समयमा कतिपय समुदायमा सामान्य स्वास्थ्य सेवा, सामान्य उपचार समेत प्राप्त गर्न नपाई अकालमा ज्यान गुमाउनु परेको अवस्था लाइ हामि प्रत्यक्ष रुपमा अनुवभ गर्न सक्छौ l
स्वास्थ्य सम्बन्धि सम्सयाहरुको अवस्था बुझ्ने र त्यसबारे ब्यापक ज्ञान लिने उद्देश्यले सन १९९६ मा नेपालमा NDHS सम्पन्न भएको थियो l जुन सम्मेलन कार्यक्रमले जनसंख्या र नेपालको स्वास्थ्य स्थितिको बारेमा विश्लेषण गरेको थियो l त्यस कार्यक्रमले नेपालको स्वास्थ्य समस्याहरु बारे अध्ययन गरि तथ्यांक प्रस्तुत गरेको थीयो l NDHS ले समेटेका नेपालको स्वास्थ्य सम्बन्धि समस्याहरुको मुख्य मुख्य सुचकहरु यस प्रकार रहेका छन् l मृत्युदर, विवाह, यौनजन्य क्रियाकलाप, घरेलु हिँसा, गर्भपतन, उच्च रक्तचाप, सुर्तीजन्य पदार्थ,मद्द्यपान आदि l (स्रोत (☹MOH, New ERA & ICF,2017)
NDHS, नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ ले यी सुचकहरुलाई विश्लेषण गर्दा नेपालको कुल प्रजनन दर २०.३ प्रतिशत, परिवार नीयोजन साधन पर्योग गर्ने जनसंख्या ५३ प्रतिशत १२ देखि २३ महिनाका करिब ७८ प्रतिशत बालबालिकाहरुले आधारभूत खोपहरु प्राप्त गरेका छन् l नेपालमा पोषणको अवस्था अझिया पनि नाजुक देखिन्छ l ५ वर्ष भन्दा मुनिका करिब ३६ प्रतिशत बालबालिकाहरुको उमेर अनुसार उचाईको बृद्दी नभएको पाईएको छ भने सोहि उमेर समुहका १७ प्रतिशत पुरुषहरु पनि आवश्यकता भन्दा बढी तौल रहेको पईन्छ l त्यसै गरि नेपालमा एचा. आइ. भी. र एड्स रोगको संक्रमणको रोकथामको बारेमा ज्ञान हुनेहरुको जनसंख्या ७० प्रतिशत रहेको पाईनछ l नेपालमा शारीरिक हिंशा बाट पिडित १५ वर्ष उमेर समुहका २२ प्रतिशत जनसंख्या रहेको छ भने १५ वर्ष भन्दा माथिका जनसंख्या १७ प्रतिशत रहेको पाइन्छ l (स्रोत : M.H,New ERA & ICF,2017)
माथि उल्लेखित गरिएका नेपालका स्वास्थ्य समस्याहरु लाइ मध्यनजर गर्दै हाल सम्म विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय (NGO,INGO) संघसंस्थाहरुले स्वास्थ्य कार्यक्रमहरु संचालन गर्दै आएता पनि कतिपय समुदायका स्वास्थ्य तथा स्वास्थ्य सम्बन्धि व्यवाहारमा परिवर्तन आउन सकेको छैन त्यसैले यस्ता यस्ता पक्षहरुलाई केन्द्रित गर्दै सामुदायिक स्वास्थ्य प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाब पार्ने स्वास्थ्य समस्याहरुको अवस्था बुझ्नको साथै समुदायका स्वास्थ्य समस्या पत्ता लगाउने उदेश्य सहित हामीले चितवन जिल्लाको कालिका नगरपालिका वडा न. ५ भिमपुर टोलका स्थानीय समुदायका मानिसहरु सँगको अन्तरक्रिया गरि हाम्रो सामुदायिक सर्वेक्षण द्वारा यस वडा. न. ५ भिमपुर तोलाको समुदायमा निम्न स्वास्थ्य समस्याहरु रहेको पाइएको जुन यस प्रकार रहेको छ l:-
· मद्द्यपानको बढी प्रयोग
· धुम्रपान तथा स्रुतिजन्य पदार्थको प्रयोग
· कुपोषण दाता तथा मुख सम्बन्धि समस्याहरु
· स्वस्थ ब्यबाहार सम्बन्धि प्रभावकारी ज्ञानको अभाब
· सर्वसुलभ स्वास्थ्य सेवा तथा सुबिधाको पहुँचमा अभाव
· मानसिक असन्तुलन
· क्षयरोग
स्वास्थ्य शिक्षाको अभाव आदि
उल्लेखित प्रस्तुत समस्याहरुलाई मध्यनजर गरेर हालसम्म विभिन्न संघसंस्थाहरुले स्वास्थ्य सम्बन्धि विविध कदमहरु संचालन गर्दै आएतापनि यस समुदायका मानिसहरुमा स्वास्थ्य सम्बन्धि चेतनाको कमीका कारणले मानिसहरुको स्वास्थ्य तथा स्वस्थ व्यवाहारमा परिवर्तन भएको पाइदैन l त्यसैले हामीले चितवन जिल्लाको कालिका नगरपालिका वडा न. ५ भिमपुर टोलका मानिसहरुमा स्वास्थ्य सम्बधि ब्यबहारमा सुधार ल्याउने उदेश्यले यो काम अगाडी बढाईएको हो l
१.४ अध्ययनको उदेश्य (Objective of the study)
यस अध्ययनको मुख्य उदेश्य समुदायको ब्रिहत स्वास्थ्य समस्या संग सम्बन्धित मुद्दाहरुको अध्ययन गरि समस्या पहिचान गरेर सामुदायिक स्वास्थ्य संगठनको माध्यमद्वारा समस्या समाधान गर्नको लागि समुदायका मानिसहरुलाई सवलिकरण गर्नु रहेको छ भने यस अध्ययनको विशिष्ट उदेश्यहरु निम्न छन् :-
१.४.१ अध्ययन स्थलको सामाजिक तथा जानसांख्यिक अवस्था पत्ता लगाउनु l
१.४.२ समुदायका मानिसहरुको स्वस्थ ब्यबहार सम्बन्धि ज्ञानको अवस्था पहिचान गर्नु l
१.४.३ अध्ययन स्थलमा मानिसहरुको स्वास्थ्य र रोगहरु सम्बन्धि ज्ञान र अभ्यासको स्थिती पहिचान
गर्ने l
१.४.४ यस अध्ययनको नतिजा अनुसार प्रमुख स्वास्थ्य समस्या समाधान गर्नका लागि एकिकृत
कार्यक्रम संचालन गर्नु l
१.५ आशा गरिएका उपलव्धीहरु (Expected Outcomes)
कालिका नगरपालिका वडा न. ५ भिमपुर गाउँमा सामुदायिक सर्वेक्षण कार्यक्रम समाप्त भएपछी सो समुदायमा स्थानीय बासिन्दाले निम्नलिखित उपलव्धिहरु प्राप्त गर्न आशा लिईएको छ :-
१.५.१ समुदायिक सर्वेक्षण कार्य समाप्त भएपछी कालिका नगरपालिका वडा न. ५ भिमपुर गाउँमा
स्वास्थ्य सम्बन्धि जानकारी प्राप्ता हुनेछ l
१.५.२ यस अध्ययन स्थल बाट भिमपुर गाउँका मानिसहरुको स्वास्थ्य समस्याहरु तथा समुदायको
वास्तविक आवश्यकता पत्ता लगाउने l
१.५.३ समुदायको वास्तविक आवश्यकता पत्ता लागि सकेपछी त्यसैको आधारमा कार्यक्रम तयार पारिने
छ l
१.५.४ तयार पारिएको कार्यक्रमलाइ समुदायमा सबैको सक्रिय सहभागिता समस्या समाधान गर्नको लागि
संचालन गरिने l
१.६ अध्ययनको उपादेयता (Significant of the study)
हाम्रो देश नेपाल लामो समय देखिको आजनितिका अस्थिरताका कारण नेपाली जनताले लामो समय सम्म विभिन्न समस्याहरुबाट पिरोलिनु परेको छ l जसले गर्दा मानिसहरुको स्वास्थ्य स्थिति खस्किदो अवस्थामा छ l तसर्थ सामुदायिक सर्वेक्षण अध्ययन समुदायमा भएका विभिन्न स्वास्थ्य समस्याको पहिचान गरि ती स्वास्थ्य समस्याहरुलाई समुदायका मानिसहरुकै सक्रिय सहभागितामा समाधानका लागि सचेत गराउने कार्य गर्दछ जसको मदत बाट मानिसको स्वास्थ्य प्रवर्दन गर्नमा महत्वपुर्ण भूमिका खेल्ने छ l सामुदायिक सर्वेक्षणको महत्वलाई निम्न अनुसार उलेख गर्न सकिन्छ l
१.६.१ त्रिभुवन विश्वबिद्द्यालय शिक्षा शास्त्र संकाय स्वास्थ्य विषय अन्तर्गत सामुदायिक संगठन(५२८)
विषयको पाथ्यभार पुरा गर्न मदत गर्ने छ l
१.६.२ त्रिभुवन विश्वबिद्द्यालय शिक्षा शास्त्र संकाय स्वास्थ्य विषय लिई अध्ययन गर्न आउने भावी
पुस्ताका लागि स्रोत (सन्दर्भ सामाग्री) को रुपमा सहयोग गर्नेछ l
१.६.३ स्थानीय सरकार, स्वास्थ्य चौकी, बिद्द्यालय तथा अन्य सामाजिक संरचनालाई यस सर्वेक्षण
बाट प्राप्त नतिजाको आधारमा स्वास्थ्य समस्यासंग सम्बन्धित भावी नीति तथा योजनाहरु
तर्जुमा गर्नको लागि सहयोग गर्नेछ l
१.६.४ यस अध्ययनले उज्कता क्षेत्रको सामाजिक, आर्थिक, जनसंख्यिक स्थिति पहिचान गर्नमा
सहयोग गर्नेछ l
१.६.५ त्यस समुदायमा रहेका स्वास्थ्य संग सम्बन्धित विभिन्न अन्धविश्वास, रुढीबाढी परम्परालाई
न्यूनीकरण गर्न सहयोग पुर्याउनेछ l
१.६.६ भविष्यमा गरिने अध्ययन, अनुसन्धान कर्तालाहरुलाई सन्दर्भ सामाग्रीको रुपमा तथा यस
सम्बन्धि धारणामा सहयोग पुर्याउनेछ l
१.६.७ यस सर्वेक्षणमा प्रत्यक्ष अवलोकन र अन्तर्वार्तालाई आधार मानिने छ l
१.७ अध्ययनको परिसिमांकन (Delimination of the study)
कुनै पनि विषयको अध्ययन व्यापक हुने भएकाले यस विषयको अध्ययन गर्नु त्यति सजिलो र सहज कार्य भने होइन l त्यसैले कुनै पनि विषयको अध्ययन कार्य गर्दा त्यस विषयमा कुन् कुन क्षेत्रको अध्ययन गर्ने भन्ने कुराको सिमा स्पस्ट रुपमा किटान गर्नु पर्दछ l जसले गर्दा कार्यक्रम सहज ढङ्गले संचालन र सम्पन्न गर्न सकिन्छ l अध्ययन कार्य सम्पन्न गर्न समय, आर्थिक स्रोत र साधनको उपलव्धता एवंम अध्ययन क्षेत्रको अवस्था अनुसार सिमांकन गर्नु पनि जरुरि छ l सोहि कुरालाई मध्यनजर गरि हाम्रो अध्ययन क्षेत्र चितवन जिल्ला कालिका नगरपालिका वडा न. ५ भिमपुर गाउँमा १५० घरधुरी मध्य ९६ घरधुरीलाइ समेटेर उक्त समुदायमा रहेका स्वास्थ्य समस्यालाइ अध्ययन गरिनेछ l हाम्रो अध्ययन समुहको सिमाहरु निम्न उल्लेख गरिन्छ l
१.७.१ यस अध्ययनले चितवन जिल्लाको कालिका नगरपालिका वडा न. ५ भिमपुर गाउँमा स्थायी रुपले
बसोबास गर्ने व्यक्ति तथा परिवारमा मात्र सिमित रहनेछ l
१.७.२ चितवन जिल्लाको कालिका नगरपालिकाको वडा न. ५ भिमपुरमा १५० घरधुरि मध्य ९६
घरधुरीमा अध्ययन सिमित रहनेछ l
१.७.३ यस विषय वस्तु अध्ययनका लागि सम्बन्धित वडाका समुदायमा रहेको स्वास्थ्य सम्बन्धि र
त्यहा भएका सामुदायिक समस्या संग सम्बन्धित निम्नलिखित विषय वस्तुको सीमामा रही
उनीहरुको ज्ञान,सिप,धारणा र ब्यवाहरको आधारमा तथ्यांक विवरण लिईने छ l
१.७.४ यस सर्वेक्षमा प्रत्यक्ष अवलोकन र अन्तरवार्ता लाइ आधार मानिने छ l
१.७.५ यस अध्ययनमा जनसांख्यिक विवरण, स्वस्थ ब्यावहार सम्बन्धि आवश्यक ज्ञान र रोगहरु यसका
कारण र व्यवस्थापन, धुम्रपान तथा मद्द्यपान, प्राजानन स्वास्थ्य आदि जस्ता विषय वस्तुहरु
समावेश गरिएको छ l
अध्याय –दुई (Chapter –Two)
अध्ययन विधि (Methodology)
२.१ अध्ययनको ढाँचा (Study Design)
कुनै पनि अध्ययन अनुसन्धान वा सर्वेक्षण गर्नुपुर्व निश्चित ढांचाको निधारण गरिन्छ l जसमा उपलब्ध स्रोत साधन ठाउँ परिवेश तथा लक्षित समुदायको बुझाइलाई मध्यनजर गरि अध्ययन समुहले अध्ययनका विभिन्न ढाँचा मध्य वर्णात्मक (descriptive) ढाँचाको प्रयोग गरिएको छ l वर्णात्मक ढाँचा घटना विषय वस्तु वा समस्याको खोजि गरि तिनीहरुको बारेमा सरसर्ती वर्णन गर्ने उदेश्यले तयार पारिएको छ l
२.२ अध्ययनको क्षेत्रको छनौट (Slection Study Site)
चितवन जिल्ला अन्तर्गत पर्ने कालिका नगरपालिका वडा न. ५ मा अवस्थित भिमपुर गाउँमा भौगोलिक बनावट, साँस्कृतिक मूल्य मान्यता विभिन्न जातजाति भाषाभाषी, वनजंगल, हावापानी, चालचलन, रहनसहन, आदि जस्ता विविधताहरु रहेकोले भरिपूर्ण रहेको छ l यस समुदायमा हरेक कुरामा पछाडी परेका मानिसहरु बसोबास गर्ने भएकाले भिमपुरा गाउँमा यस सामुदायिक अध्ययनको लागि छनोट गरिएको थियो l
२.३ अध्ययनको जनसंख्या (study of the population)
चितवन जिल्ला अन्तर्गत पर्ने कालिका नगरपालिका वडा न. ५ मा अवस्थित भिमपुरमा कुल घरधुरी १५० र जसमध्य छनोटमा परेका ९६ घरका मानिसहरु, उक्त ठाउँमा अध्ययनरत बिद्द्यार्थिहरु,शिक्षक कर्मचारी तथा अन्य प्रशासनिक कर्मचारी नै हाम्रो अध्ययनको जनसंख्या हो l
२.४ तथ्यांक सङ्कलन स्रोतहरु (Data Collection tools)
तथ्यांक संकलनका प्राथमिक स्रोतहरुका लागि ९६ नमुना घरधुरीका घरमुलीहरु रहेका छन् l त्यसै गरि तथ्यांक संकलनका प्राथमिक स्रोत अन्तरगत समुदायमा रहेका विद्द्यालयका विद्द्यार्थी तथा शिक्षकहरु रहेका छन् l यसरि प्रस्तुत प्राथामिक स्रोतहरु वाट तथ्यांक प्राप्त गर्नका लागि प्रश्नावली र अन्तरवार्ता विधिको प्रयोग गरिएको थीयो l तथ्यांकको संकलन दृतिय स्रोत अन्तरगत अध्ययन क्षेत्रमा रहेको वडा कार्यालय,स्वास्थ्य संस्था, बिद्द्यालय लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुवाट तथ्यांक संकलन गरिएको थियो l
२.५ नमुनाको प्रक्रिया र नमुना आकार (Sampling Procedure and Sampling Size)
चितवन जिल्ला कालिका नगरपालिका वडा न. पाँच भिमपुर १५० घरधुरी मध्ये ९९ घरधुरीलाई अध्ययनको नमुनाको रुपमा लिइएको थियो l उक्त्त ९९ घरधुरी साधारण नमुना छनोट बिधि बाट गरिएको थियो जसमा चिट्टा विधि प्रयोग गरिएको थियो l
२.६ तथ्यांक संकलनका साधनहरु (Data collection Tools)
यस अध्ययनलाई सफलता पुर्वक संचालन गर्नका लागि प्रश्नावली Questionnaire, अन्तरवार्ता सुची Interview schedule, अवलोकन रुजुसुची Observation Check list आदिका मध्यम वाट तथ्यांक संकलन गरिएको हो l
२.७ सर्वेक्षण साधनको बैधता (Validation of survey Tools)
सामुदायिक सर्वेक्षणको तथ्यांक संकलनको साधन ठिक छ वा छैन वा माटो सुहाउदो छ या छैन भनि परिक्षण गर्नका लागि विभिन्न किसिमको साधनहरु जस्तै प्रश्नावली, अन्तरवार्ता तालिका, अवलोकन अनुसुचिलाई सम्बन्धित विषय अहिक्षक संग परिक्षण गरि पुर्व परिक्षणको लागि तयार भए पछी कालिका नगरपालिका वड़ा न. ५ भिमपुर गाउँ स्थित रहेको गाउँमा ९९ घरधुरीमा सर्वेक्षण समुहले तथ्यांक संकलन गरेको थियो l तथ्यांक संकलन गर्नु पुर्व हुने साधनको तयारीमा गल्ति, कमजोरी वा त्रुटीलाइ सुधार गरि साधन लाइ अझ स्तरीय बनाउनका लागि कालिका नगर पालिकाको पदमपुर स्थित ४ घरधुरीमा साधनको पुर्व परिक्षण गरेर सर्वेक्षणको स्तरीयतालाइ विश्वसानिया बनाइएको हो l
२.८ समुदायमा प्रवेश (Entry in the Community)
समुहले तयार पारेको प्रस्तावनालाई विभागबाट स्वीकृति पत्र प्राप्त गरिसकेपछी कालिका नगरपालिका पेस गरि अवलोकन, रुजुसुची भने सर्वेक्षण कर्ता आफैले समुदायमा गई उक्त विषय वस्तुको बारेमा वा सामुदायिक सर्वेक्षण कार्यक्रम अन्तर्गत व्यक्तिगत सरसफाई, सौचालयको व्यवस्था, बसोबासको अवस्था, घरको अवस्था,स्वस्थ व्यवहार सम्बन्धि जानकारी, खाने पानीको अवस्था, सरसफाई आदि जस्ता पक्षहरुलाई अवलोकन गरि फारम भरिएको थियो l साथै अध्ययन समुहका सदस्यहरु विभिन्न समुहमा विभाजित भई समुदायको मानिसहरुलाई अन्तरवार्ताको सूचिको प्रयोग गरि तथ्यांकहरू संकलन गरिएको थियो l
२.९ तथ्यांक संकलन प्रक्रिया (Data collection Procedure)
अध्ययन समुहले कालिका नगरपालिका वडा न. ५ भिमपुर गाउँमा ९९ घरधुरीमा गई तथ्यांक सङ्कलन गरिएको थियो l तथ्यांक सङ्कलन प्रभावकारी तुल्याउन सबै सबै सदस्यहरुले उत्तरदाताको समय, मानोभावना, गोपनियता, भाषा र वैचारिक दृष्टिकोणलाइ सम्मान गर्दै प्रश्नहरु गरि,उत्तर्हारु सङ्कलन गरिएको थियो l अध्ययन कार्यको शिलशिलामा घटना सक्ने सम्भावित घटनाहरुका बारेमा छलफल गरेको थीयो l अन्तवार्ता गर्दा प्रश्नहरु सोध्ने र अभिलेख राख्ने क्रममा कुनै तृती या कुनै कमि कमजोरी देखिन आएमा त्यसको पून: छलफल र अवलोकन गरि वास्तविक तथ्यांक सङ्कलन गरेका थियौ l जसमा निम्न अनुसार गरिएको छ l
अन्तर्वार्ता (Interview)
यस अध्ययन समुहले तयार पारेको प्रश्नावलीलाई उक्त स्थानमा छनोट गारिएको ९९ घरधुरीमा रहेका प्रजनन उमेर समूहका महिलाहरु, विद्यालयका शिक्षक, विद्यार्थी तथा समुदायका अन्य व्यक्तिहरुसंग अन्तर्वार्ता विधिद्वारा वास्तविक तथ्यांक संकलन गरिएको थियो l
अवलोकन (Observation)
यस अध्ययनका क्रममा व्यक्तिगत बानि व्यवहार, धुम्रपान, मद्द्यपान र लागुपदार्थ दुर्व्यशनीलाई हेर्ने दृष्टिकोण, समुदायमा मातृत्व सुरक्षाको अवस्था, वातावरणीय प्राभावाका साथै स्वास्थ्य स्थितिमा अतुलनीय क्षति गर्ने अन्य तत्वहरु, घरपरिवारको सरसफाई , बसोबासको स्थिति, चमेना गृहको व्यवस्था, सफा खाने पानिको अवस्था र सरसफाई जस्ता पक्षलाई अवलोकन गरि स्वास्थ्य स्थितिको अध्ययन गरिएको थियो l
२.१० तथ्यांक विश्लेषण प्रक्रिया र प्रस्तुतिकरण (Data analysis and Interpretation Procedure)
सामुदायिक सर्वेक्षणका लागि प्रश्नावोली, अन्तर्वार्ता, अवलोकन रुजुसुची आदिको प्रयोग गरेर कोरा तथ्यांक सङ्कलन गरेपछी उक्त तथ्यांकलाई क्रम्बद्द र अर्थपूर्ण बनाउनु पर्दछ l साथै तथ्यांकलाई छाँटकाँट गर्ने नापुगेकोलाई मिलाउने र तथ्यांक लाइ युलना गर्न सकिने बनाउने प्रक्रियालाई विश्लेषण प्रक्रियाको रुपमा लिन सकिन्छ l यस अध्ययन समुहले बनाएको सामुदायिक सर्वेक्षणका लागि तथ्यांक सङ्कलनको साधन बाट प्राप्त तथ्यांक विश्लेषण निम्न तरिका वाट गरिएको छ l
सम्पादन (Editing)
सामुदायिक स्वास्थ्य सर्वेक्षण वा अनुसन्धानका क्रममा विभिन्न स्रोत र साधनहरु बाट अब्यवस्थिता रुपमा जम्मा गरिएको तथ्यांकको संकलनको क्रममा भएका गल्ति कमी कमजोरी अस्पस्टता लाई छानबिन गरि तथ्य्हंका सम्पादन गरिएको हो l
साकेतिकरण (Coding)
सर्वेक्षण निमित सङ्कलन गरिएका तथ्यांकलाई विश्लेषणका लागि उपयुक्त संख्या दिने काम गरिनेछ l संकेत दिंदा अक्षर वा चिन्ह दिईने छ l जस्तै कृषि ,शिक्षण, परिवार संख्या, धर्म जस्ता चरण हरु लाइ क्रमश १,२,३,४ लाई संख्यात्मक सब्केता दीइनेछ l त्यसपछी कुनै संकेतहरु दोहोरिएको छ वा छैन यस्ता कुराहरु हेर्नका लागि तथ्यांक सांकेतिकरण गरिएको छ l
तथ्यांकको प्रवेश (Data entry)
सामुदायिक स्वास्थ्य सर्वेक्षण गर्ने क्रममा स्रोत बाट पोराप्त भएका तथ्यांकलाई सम्पादन र सांकेतिकरण गरेपछी उक्त तथ्यांकलाई क्रमबद्ध तरिकाले कुपुषण र त्यसको व्यवथापन र मानव रोग रा त्यसको व्यवस्थापन, स्वास्थ्य व्यवहार सम्बन्धि ज्ञान , लागुपदार्थ, धुम्रपान, प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व जस्ता विषयको अलग अलग तालिका बनाईन्छ l यस्ता तथ्यांकलाई कम्प्युटरमा प्रवेश गरिनेछ l
तथ्यांकको प्रस्तुति एवं विश्लेषण (Data Analysis Process and Presentation)
तथ्यांकलाई सांकेतिकरण गरिसकेपछि विभिन्न छुट्टाछुट्टै समूह तथा उपसमुहमा वर्गीकरण गरि तालिका, वृतचित्र, स्तम्भ चित्र, ग्राप आदि बाट तथ्यांक प्रतिशतमा रुपान्तरण गरि प्रस्तुत गरिनेछ l प्रस्तुतीकरण गरिएका तथ्यांकलाई सामान्य वर्णनात्मक तरिकाले विश्लेषण गरिएको छ l
अध्याय – तीन (Chapter –Three)
तथ्यांकको व्याख्या तथा विश्लेषण (Data Analysis and Interpretation)
हाम्रो देश नेपाल विभिन्न भाषिक धार्मिक तथा संस्कृतिक विविधताले सम्पन्न एक मुलुक हो l नेपालमा विभन्न समयमा भएको शैक्षिक, आर्थिक तथा राजनैतिक अस्थिरताका कारण अझै पनि विकासशील राष्ट्रको सुचिमा पुग्न सकेको छैन l मानव जीवनमा स्वस्थ राम्रो हुनु अतिनै आवश्यक हुन्छ l स्वास्थ्य राम्रो हुनको लागि घर परिवारको वातावरण स्वच्छ सामाजिक व्यवाहारमा सकारात्मक परिवर्तन र व्यक्तिगत रुपमा राम्रो व्यवहार राम्रो हुनुपर्दछl स्वस्थ हुनको लागि व्यक्ति एक्लैले मात्र जोड दिएर हुदैन l यसको लागि व्यक्ति समाज र राष्ट्रले नै सामुहिक रुपमा जोड दिनु पर्दछ l नेपालमा विक्भिन्न समयमा यासकोक शैक्षिक, आर्थिक,राजनैक्तिका अस्थिरता साथै प्राकृतिक प्रकोपहरु र महामारी जस्ता कारणले अझै पनि समय समयमा विभिदा खालका स्वास्थ्य सम्बन्धि समस्याहरु देखिरहेका छन् l चितवन जिल्ला कालिका नगरपालिका वडा न. ५ भिमपुर मा विभिन्न स्वास्थ्य समस्याहरु बाट सुरक्षित रहेको पाइदैन l स्वास्थमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा भिमपुर गाउँमा प्रभाव पर्ने "स्वास्थ व्यवहारका लागि सामुदायिक सर्वेक्षण" विषय शिर्षक छानी सोहि सम्बन्धमा अन्तरवार्ता र प्रत्यक्ष अबलोकन बिधिबाट प्राप्त तथ्यांकलाई उपयुक्त व्याख्या र विश्लेषण गरि प्रस्तुत गर्ने प्रयास गरिएको छ
३.१ जनसांख्यिक तथा आर्थिक विवरण
अध्ययन समुहले कालिका नगरपालिका वडा न.५ भिमपुर छनोट गरिएका ९९ घरधुरीमा पारिवारिक स्वास्थ्य स्थिति र रोगको अबस्था मध्यपान र धुम्रपानको प्रयोग र असर परिवार नियोजन तथा सुरक्षित मातृत्व सम्बन्धि जानकारी, व्यक्तिगत सरसफाई, खानेपानी फोहोरमैला व्यवस्थापनका साथै बिद्द्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य अवस्थाको बारेमा पहिचान गर्नको लागि अवलोकन गरिएको प्रत्यक्ष अवलोकन र अन्तर्वार्ता बिधिबाट प्राप्त भएका तथ्यांकलाई सङ्कलन गरि त्यसलाई सरल भाषा र सहज तरिकाबाट व्याख्या र विश्लेषण गरेका गरिएको थियो l
३.१.१ उमेर र लिंङ्ग आधारमा जनसंख्याको बनोट (Population Composition by age and sex)
कालिका नगरपालिका वडा न. ५ भिमपुर गाउँमा गरिएको सर्वेक्षण अनुसार त्यस टोलमा गरिएको सर्वेक्षण अनुसार त्यस टोलको ९९ घरधुरीको लिङ्ग र उमेर अनुसारको जनसंख्यालाई तालिकामा प्रस्तुत गरिएको छ l
तालिका न. १ उमेर र लिंङ्गको आधारमा जनसंख्या विवरण
उमेर समूह
महिला
पुरुष
जम्मा
संख्या
प्रतिशत
संख्या
प्रतिशत
० - ४
१३
५.७ %
१०
४.०१%
२३
०५ – ९
८
३.५ %
२३
९.२३%
३१
१० – १४
१२
५.३ %
१९
७.६३%
३१
१५ – १९
२२
९.७ %
२४
९.६३%
४६
२० – २४
३७
१६.४४%
२१
८.४३%
५८
२५ – २९
२१
९.३ %
१६
६.४२%
३७
३० – ३४
२३
१०.२ %
२०
८.०३%
४३
३५ – ३९
१७
७.५५ %
२५
१०.०४%
४२
४० – ४४
१६
७.११ %
२२
८.८३%
३८
४५ – ४९
९
४ %
१६
६.४२%
२५
५० – ५४
११
४.८८ %
१२
४.८१%
२३
५५ – ५९
५
२.२२ %
१३
५.२२%
१८
६0 भन्दा माथि
३१
१३.७७%
२८
११.२४%
५९
जम्मा
२२५
९९.६७८%
२४९
९९.९४४%
४७४
कालिका नगरपालिका वडा न. ५ भिमपुरमा छनोट भएका ९९ घरधुरीमा जम्मा जनसंख्या ४७४ मध्य पुरुष २४९ (५२.५३%) र महिला २२५ (४७.४६७%) रहेको पाईयो l यस तथ्यांक अनुसार अध्ययन स्थलमा आश्रित जनसंख्या ( १५ वर्ष मुनिका ८५ जना), ६० वर्ष माथिका ५९ जना) अर्थात १२.४४ प्रतिशत र सक्रिय जनसंख्या (१५ देखि ६० वर्ष सम्मका ३३० जना) अर्थात ६९.६२० प्रतिशत रहेको पाईयो l
३.१.२ परिवारको किसिम
मानिसहरुको स्वास्थ्य सम्बन्धि ज्ञान तथा व्यावाहरमा परिवारको किसिमले पनि महत्वपुर्ण भूमिका खेलेको हुन्छ l एकल परिवार बस्ने मानिसहरुको स्वास्थ्य अबस्था संयूक्त परिवारमा बस्ने मानिसको भन्दा राम्रो नै हुने गर्दछन l आर्थिक रुपले मुल्यांकन गर्दा पनि फरक हुन जान्छ l यस अध्ययन टोलीले सर्वेक्षण स्थलबाट प्राप्त तथ्यांकलाइ तलको तालिकामा देखाइएको छ :
तालिका न. २ पारिवारिक किसिम
विवरण
संख्या
प्रतिशत
एकल
५४
५४.५४%
संयुक्त
४५
४५.४५ %
जम्मा
९९
१०० %
प्रस्तुत तालिका बाट यस सर्वेक्षण स्थलमा जम्मा ९९ घर परिवार मध्ये ५४.५४ प्रतिशत एकल परिवार र संयूक्त परिवार ४५.४५ प्रतिशत संयुक्त परिवार बसोबास गरेको पाईयो l
३.१.३ जातिगत विवरण
नेपालको सानो भुपरिवेष्टित मुलुक भएता पनि यहाँ सयौ जातजाति, भाषा, भाषी, धर्म संस्कृतिका मानिसहरुको बसोबासले भरिपुर्ण धार्मिक र जातिगत विभिधता भएको सुन्दर मुलुक हो l चार जात छत्तीस वर्णको साझा फुलबारी हो l जातीय विविधता भएता पनि एउतै सामुदायामा मिलेर धार्मिक सहिष्णुता कायमका साथ सामाजिक एवं सांस्कृतिक भावनाको विकास गरेका छन् l नेपालमा समग्र जातिगत विश्लेषण गर्दा ब्राह्मण, क्षेत्री, दराई, गुरुङ, मगर, नेवार, लिम्बु आदि संयौ जाति जनजातिहरु रहेका छन् l हाम्रो अध्ययन स्थलको जातिगत अवस्थालाई निम्न अनुसार तालिकामा देखाइएको छ l
तालिका न. ३ जातिगत विवरण
विवरण
संख्या
प्रतिशत
ब्राह्मण
२७
२७.२७%
क्षेत्री
२०
२०.२०%
आदिवासी जनजाति
५२
५२.५५%
जम्मा
९९
१००%
माथिका तालिका अनुसार ब्राह्मण २७.२७ प्रतिशत, क्षेत्री २०.२० प्रतिशत र आदिबासी जनजाति ५२.५५% रहेको पाईयो l माथिको तालिका अनुसार सबभन्दा बढी आदिबासी जनजाति र सबै भन्दा कम क्षेत्री जाति रहेको पाइयो l
३.१.४ धर्म सम्बन्धि विवरण
धार्मिक विवरणले कुनै ठाउँ वा मुलुकमा कुना धर्मका मानिसहरु की कति रहेका छन् जान्न सजिलो हुन्छ l प्रत्यक संबिधानले नेपाललाई हिन्दु राज्यको रुपमा अंगीकार गरे पनि २०६३ शाल जेठ ४ गते घोषणा अनुरुप नेपाललाई धर्म निरपक्ष राज्य घोषणा गरिएको छ l
तालिका न. ४ धर्म सम्बन्धि बिवरण
विवरण
संख्या
प्रतिशत
हिन्दु
९२
९२.९२%
बौद्द
३
३.०३ %
क्रिस्चियन
४
४.०४ %
जम्मा
९९
१००%
माथिका तालिका अनुसार कालिका नगरपालिका वडा न. ५ भिमपुरमा छनोट गरिएको ९९ घरधुरीमा गरिएको सर्वेक्षणबाट सबै भन्दा धेरै हिन्दु धर्म मान्ने ९२.९२ प्रतिशत रहेको छ l त्यसै गरि क्रिस्चियन धर्म मान्ने ४.०४ प्रतिशत रहेको छ भने सबै भन्दा थोरै बौद्ध धर्म ३.०३ प्रतिशत रहेको छ l
३.१.५ पेशागत विवरण
कुनै पनि राष्ट्रमा के कति ब्यक्तिहरु कुन कुन पेशामा कार्यरत छन् भन्ने कुरा जानकारी पाउनको लागि जनसंख्याको पेशागत विवरण तयार गरिन्छ l जुन निम्न अनुसार रहेको छ l
तालिका न. ५ पेशागत विवरण
विवरण
संख्या
प्रतिशत
कृषि
३९
३९.३%
ब्यापार
२९
२९.२%
नोकरी
१४
१४.१%
मजदुरी
१७
१७.४%
जम्मा
९९
१००%
प्रस्तुत तालिकामा अध्ययन समुहले गरेको सर्वेक्षण बाट सबै भदा धेरै कृषि ३९.३ प्रतिशत रहेको छ भने सबै भन्दा कम नोकरी १४.१ प्रतिशत रहेको छ l
३.१.६ उत्तरदाताको बैबाहिक स्थिति
हामीले गरेको सर्वेक्षणबाट बिबाहित र अबिबाहित मानिसको संख्या निम्नानुसार रहेको पाइयो, जसलाई तालिकामा प्रतुस्त गरिएको छ l
तालिका न. ६ उत्तर दाताको बैबाहिक स्थिति
विवरण
संख्या
प्रतिशत
बिबाहित
३०९
६५.१८%
अबिबाहित
१६५
३४.८%
जम्मा
४७४
१०० %
प्रस्तुत तालिकामा अध्ययन समुहले गरेको सर्वेक्षण बाट सबै भन्दा धेरै बिबाहित ६५.१८ प्रतिशत रहेको छ भने अबिबाहित कम ३४.८ प्रतिशत रहेको पाइयो l
३.२ आर्थिक स्थिति सम्बन्धि विवरण
समुदायका मानिस सबै एउतै वर्गका हुदैनन् l कुनै आर्थिक रुपमा सम्पन्न हुन्छन भने कुनै बिपन्न हुने गर्दछन l त्यसैले सबै जनालाई शिक्षा, स्वास्थ्य र रोजगार को व्यवस्था गरिनु पर्दछ l
३.२.१ आम्दानीको स्रोत
समुदायका मानिस सबै एउतै वर्गका हुदैनन् l कृषि, ब्यापार, नोकरी, मजदुरी, जागिर, आदि आम्दानीका स्रोतहरु हुन् l धेर्रै मानिसहरुले जागिर गरेर घर चलाउने र केहि बैदेशिक रोजगारीका लागि बिदेश जाने गर्दछन l यस्ता विबीध पक्षका बारेमा यस अध्ययन क्षेत्रमा लिइएको तथ्यांकलाई तल तालिकामा प्रस्तुत गरिएको छ l
तालिका न. ७ आम्दानीको स्रोत सम्बन्धि विवरण
विवरण
संख्या
प्रतिशत
कृषि
३९
३९.३%
ब्यापार
२९
२९.२%
नोकरी
१४
१४.१%
मजदुरी
१७
१७.४%
जम्मा
९९
१००%
माथिका तालिका नुसार यस अध्ययन क्षेत्रलाई ९९ घरधुरीलाई आधार मान्दा यहाको आम्दानीको स्रोत बढी कृषि ३९.३ प्रतिशत र सबै भन्दा कम नोकरीमा १४.१ प्रतिशत रहेको थियो l
३.२.२ पारिवारिक खर्च सम्बन्धि विवरण
परिवार ६/७ जनाको समूह त्यहा विभिन्न तरिकाबाट खर्च हुने गर्दछ l जस्तै शिक्षा, खाना, औसधि उपचार,मनोरंजन इत्यादि कुराहरु खर्च गर्ने माध्यम हुन्छ l सानो परिवारमा कम खर्च हुन्छा भने ठुलो परिवारमा धेरै खर्च हुने गर्दछ l यस्ता बिबिध पक्षका बारेमा यस अध्ययन क्षेत्रमा लिइएको तथ्यांकलाई तलका तालिकामा प्रस्तुत गरिएको छ :
तालिका न. ८ परिवारको खर्च सम्बन्धि विवरण
खर्च सम्बन्धि विवरण
संख्या
प्रतिशत
खाना
७२
७२.४%
शिक्षा
१६
१६.२%
मनोरन्जन
-
-
औसधि उपचार
११
११.४%
जम्मा
९९
१००%
माथिका चित्रका यस अध्ययन क्षेत्रका ९९ घरधुरी लै आधार मान्दा यहाको पारिवारिक खर्च सविया भन्दा बढी खाना, शिक्षा, औसधि उपचारमा खर्च भएको देखिन्छ भने मनोरंजनमा खर्च नभएको देखिएको पाइयो l
३.२.३ जग्गा सम्बन्धि विवरण
यस अध्ययन समुहले गरेको स्वास्थ्य सर्वेक्षणबाट उक्त भिमपुरा गाउँमा बसोबास गर्ने मानिसहरुको जग्गा नहुने भन्दा हुने मानिसहरुको संख्या अधिक देखिएको छ l यस अध्ययन क्षेत्रमा लिईएको तथ्यांक तलका तालिकामा प्रस्तुत गरिएको छ :
तालिका न. ९ जग्गा सम्बन्धि विवरण
क्र. स.
जग्गा सम्बन्धि विवरण
संख्या
प्रातिशत
१
छ
९२
९२.५ %
२
छैन
७
७.५%
जम्मा
९९
१००%
माथिका तालिकामा अध्ययन गरिएको ९९ घरधुरी मध्य जग्गा हुने को संख्या सबै भन्दा बढी ९२.५ प्रतिशत रहेको छ भने जग्गा नहुनेको संख्या जम्मा ७.५ प्रतिशत रहेको पाइएको छ l
३.२.४ यातायातको साधन सम्बन्धि विवरण
तालिका न. १० यातायातको साधन सम्बन्धि विवरण
यातायातका साधनहरु
संख्या
प्रतिशत
साइकल
४९
४४.९५%
मोटर साइकल
५६
५१.३७%
गाडी
४
३.६%
जम्मा
१०९
१००%
माथिका तालिकामा अध्ययन गरिएको ९९ घरधुरी मध्ये यातायातका साधन सबैमा पाइयो l जसमा सबै भन्दा धेरै मोटर साईकल ५१.३७ प्रतिशत, साईकल ४४.९५ प्रतिशत र गाडी ३.६ प्रतिशत रहेको पाइयो l
३.२.५ घर पालुवा जनावर सम्बन्धि विवरण
नेपाल एक कृषि प्रदान देश हो l यस्तो देशमा करिब ७५ प्रतिशत मानिसहरु कृषि क्षेत्रमा संलग्न छन् l प्रत्यक घरमा विभिन्न किसिमका घरपालुवा जनावार हरु रहेका छन् l हामिल,ए गरेका अध्ययन क्षेत्रमा प्राप्त जानकारीलाई तलको तालिकामा प्रस्तुत गरिएको छ l
तालिका न. ११ घर पालुवा सम्बन्धि विवरण
क्र. स.
घरपालुवा जनावर
संख्या
प्रतिशत
१
भैसी
१७
१३.७%
२
गाइ
१८
१४.५%
३
गोरु
-
-
४
बाख्रा
२५
२०.१६%
५
कुखुरा
३७
२९.८%
६
अन्य
२७
२१.७%
जम्मा
१२४
१००%
माथिका तालिका बाट हामीले गरेको स्वास्थ्यः सर्वेक्षणबाट उक्त गाउँमा घरपालुवा जानावारा मध्य सबै भन्दा धेरै कुखुरा २९.८ प्रतिशत र सबै भन्दा थोरै भैसी १३.७ प्रतिशत पर्दछ l त्यस्तै गरि बाख्रा २०.१६ प्रतिशत, गाई १४.५ प्रतिशत रहेको पाइयो l
३.२.६ उत्पादन सम्बन्धि विवरण
उत्पादन सम्बन्धि विवरण अन्तरगत समुदायका मानिसहरुले गर्ने विभिन्न उत्पादनका क्रियाकलापहरु पर्दछन l हामीले गरेको स्वास्थ्य सम्बन्धि विवरणमा आआफ्नो घरलाई खाना पुग्ने र नपुग्ने सम्बन्धि विवरण निम्नानुसार उल्लेख गरिएको छ l
तालिका न. १२ उत्पादन सम्बन्धि विवरण
उत्पादन सम्बन्धि विवरण
संख्या
प्रतिशत
पुग्छ
३३
३३.५%
पुग्दैन
६६
६६.५%
जम्मा
९९
१००%
कालिका नगरपालिका वडा न. ५ भिमपुर गाउँमा गरिएको सर्वेक्षणबाट आफ्नो उत्पादनले पुग्ने भन्दा नपुग्ने धेरै रहेको छ l
३.३ सामाजीक सांस्कृतिक सम्बन्धि विवरण
हाम्रो देश नेपाल बहु भाषी, बहु सांस्कृतिक तथा विभिन्न जातजातिहरु बिचको साझा फुलबारी हो l यसैले हरेक जात जाति धर्म रिति तथा संस्कृति अनुसारको भाषा, रितिरिवाज आफ्नै हुने गर्दछ l समाजमा बसोबास गर्ने मानिसहरुमा आफ्नै रितीथि, धर्म संस्कृतिहरु रहेको हुन्छ यसरि हरेक सामाजिक सांस्कृतिक कुराहरुले पनि स्वास्थ्य संग गासिएर रहेको हुन्छ l यसरि स्वास्थ्य सर्वेक्षणले उक्त छनोट गरिएको समुदायका सामाजिक रितिरिवाज अन्तर्गतका विभिन्न खाले समस्याहरुको पहिचान गरि त्यसको निराकरण गर्ने पर्यासा गरेको छ l सामाजिक सांस्कृतिक विषय अन्तरगत विभिन्न कुराहरु रहेका छन् जसलाई हामीले विभिन भागमा बाडेर अध्ययन गरेका छौ ति निम्नानुसार तल रहेका छन् l
३.३.१ महिनावारी सम्बन्धि विवरण
महिनावारी एक प्रकृतिक प्रक्रिया हो l जसलाई समाजले नराम्रो धारणाले लिने गरेको पईन्छ l आजभोली शिक्षित समाजमा थोरै परिवर्तन देखिन्छ l
तालिका न. १३ महिनावारी सम्बन्धि विवरण
विवरण
संख्या
प्रतिशत
राख्छु
२४
२४.५%
राख्दिन
७५
७५.५%
जम्मा
९९
१००%
सामुदायिक सर्वेक्षण अध्ययन गर्दा उक्त समुदायमा महिनावारी हुदा छुट्टै बस्ने २४.५ प्रतिशत पाइयो भने छुट्टै नबस्ने ७५.५ प्रतिशत पाईयो l
३.३.२ फुर्सद समय सम्बन्धि विवरण
नेपाल एक अविकसित राष्ट्र भएकोले यहाँका मानिसहरु अधिक मात्रामा बेरोजगारी रहेको छ l कालिका नगरपालिका वडा न. पाँच भिमपुर गाउँमा हामीले गरेको सर्वेक्षण बाट पनि फुर्सदको समय सम्बन्धि विवरण यस प्रकार रहेको छ :-
तालिका न. १३ फुर्सदको समय सम्बन्धि विवरण
विवरण
संख्या
प्रतिशत
गफ गरेर
३०
२७.७%
मनोरंजन गरेर
१३
१२%
सुतेर
१५
१३.८%
उत्पादन मुलक काम गरेर
५०
४६.२९%
जम्मा
१०८
१००%
३.३.३ मद्यपान सम्बन्धि विवरण
धुम्रपान र मद्यपान गर्नु राम्रो होइन ल यो एक प्रकारको कुलत हो l एकपटक सेवन गरेपछि फेरिक फेरी सेवन गर्ने बानि बस्छ l मानिसहरु धुम्रपान र मद्यपान गर्ने धेरै कारणहरु हुन्छन l यसरि हाम्रो समाजमा विस्तारै विस्तारै युवाहरु कुलतमा फस्दै गई रहेका पाउन सक्छौ l यस्ता सामाजिक समस्यालाई कम गर्न को लागि हामीले सबै कुलतमा फसेका मानिसहरुलाई यस्ता खाले समस्या बाट छुत्त्कारा पाउनका लागि लागि सल्लाह दिएका थियौ, आसा छ हाम्रो एउटा सानो प्रयास समाजको लागि स्वास्थ्य बनाउन सहयोग पुग्ने छ l यसरि उक्त अध्ययन क्षेत्रका मानिसहरुको मद्यपान गर्ने मानिसहरुको विवरण यस प्रकार रहेको छ :
तालिका न. १४ मद्यपान सम्बन्धि जानकारी
विवरण
संख्या
प्रतिशत
गर्छु
२०
१८.३४%
गर्दिन
८९
८१.६५%
जम्मा
१०९
१००%
माथिको तालिका अनुसार के स्पस्ट हुन्छ भने धुम्रपान र मद्यपान गर्ने १८.३४ प्रतिशत र नगर्ने ८१.६५ प्रतिशत रहेको पाईयो l
३.३.४ स्वस्थ व्यवहार सम्बन्धि जानकारी
मानव शरीरलाई स्वस्थ र संतुलीत बनाउनका लागि विभिन्न किसिमका प्रोटिन, कार्वोहाईद्रेत, भिटामिन जस्ता अन्य तत्वहरुको आवश्यकता पर्दछ l आफु स्वस्थ हुनका लागि के के कुरामा ध्यान दिनु पर्दछ, के के कुराहरु थाहा पाउनु जरुरि छ आदि बिषयमा जान्नु प्रत्यक व्यक्तिलाई थाहा हुनु पर्दछ l स्वस्थ व्यवहारको वारेमा गरिएको सर्वेक्षण स्थलमा गरिएको स्वास्थ्य व्यवहार सम्बन्धि जानकारीको विवरण तलका तालिकामा प्रतुता गरिकेको छ l
तालिका न. १५ स्वस्थ ब्यबहार सम्बन्धि जानकारी
विवरण
संख्या
प्रतिशत
छ
७७
७७.५%
छैन
२२
२२.५%
जम्मा
९९
१००%
माथिका तालिका अनुसार स्वस्थ व्यवहार सम्बन्धि जानकारी ७७.५ % र थाहा नहुने २२.५% रहेको छ l
३.४ वातावरण स्वास्थ्य सम्बन्धि जानकारी
वातावरण स्वास्थ्य अन्तर्गत समुदायमा मानिसहरुले गर्ने विभिन्न क्रियाकलापहरु पर्दछन l स्वस्थ व्यवहार संग सम्बन्धित वातावरण स्वास्थ्य पनि एक हो l हाम्रो मानव जीवनमा स्वस्थ वातावरण भएन भने मानिसहरुलाई विभिन्न किसिमका रोगहरुले आक्रमण गर्ने गर्दछ l तसर्थ स्वस्थ वातावरण हाम्रो जीवनको अपरिहार्य कुरा हो l यसैले हामीले छनोट गरिएको अवलोकन स्थल अन्तर्गत वातावरण संग सम्बन्धित विवारणहरु निम्न अनुसार उल्लेख गरिएको छ l
३.४.१ खानेपानीको स्रोत सम्बन्धि विवरण
खानेपानि सम्पूर्ण जिवाहरुलाई नभई नहुने तत्व हो l यसैले खाने पानीको स्रोतलाइ सधै सफा बनाइ राख्नु पर्दछ l मानिसहरुको पानि पिउने तरिकाले उनीहरुको जीवन माथि प्रभाव पार्दछ l अध्यन समुहले उक्त भिमपुर गाउँमा गरेक यस शिर्षक अध्ययनमा पाईएको तथ्यांक तलका तालिकामा देखाईएको छ l
तालिका न. १६ खाने पानी सम्बन्धि जानकरी
विवरण
संख्या
प्रतिशत
इनार
१०
९.६%
चापकल
१६
१५.३%
धारा
७८
७५%
जम्मा
१०४
१००%
माथिका तालिका अनुसार उक्त अध्ययन क्षेत्रमा सबै भन्दा धेरै पानीको मुख्य स्रोत धारा ७५ प्रतिशत, १५ चापकल १५.३ प्रतिशत र सबै भन्दा कम पानीको स्रोत ईनार ९.६ प्रतिशत रहेको पाइएको छ l
३.४.२ खानेपानी व्यबस्थापन सम्बन्धि विवरण
हाम्रो समुदायमा विभिन्न किसिमका मानिसहरु रहेका छन् l ति मानिसहरु मध्ये केहि शिक्षित छन् भने केहि अशिक्षित रहेको पाईयो l जसमा खाने पनि भरे पछी छोपेर राख्ने सम्बन्धि र छोपेर नराख्ने सम्बन्धि अध्ययनमा पाईएको तथ्यांक तल तालिकामा देखाईएको छ l
तालिका न. १७ खाने पानि छोपेर राख्ने सम्बन्धि विवरण
विवरण
संख्या
प्रतिशत
छोपेर राख्छु
९६
९६.५%
छोपेर राख्दिन
३
३.५ %
जम्मा
९९
१००%
कालिका नगरपालिका वडा न. ५ भिमपुर गाउँमा गरिएको अध्ययन बाट के प्रस्ट हुन्छ भने आफुले प्रयोग खानेपानी छोपेर राख्ने ९६.५ प्रतिशत रहेको छन् भने छोपेर नराख्ने ३.५ प्रतिशत रहेको छ l
३.४.३ खाना पकाउने इन्धन सम्बन्धि विवरण
नेपाल कृषि प्रधान देश भएतापनि अध्ययन स्थलमा दाउरा, सिलिन्डर, गोबर ग्यास प्रयोग गर्ने सम्बन्धि विवरण निम्न लिखित्गा भएको पाईयो l
तालिका न. १८ खाना पकाउने स्रोत सम्बन्धि विवरण
खाना पकाउने स्रोत
संख्या
प्रतिशत
दाउरा
३१
२४.२%
गोबर ग्यास
१५
११.७%
सिलिन्डर
८२
६४.०६%
जम्मा
१२८
१००%
३.४.४ फोहोरमैला व्यवस्थापन सम्बन्धि विवरण
स्वास्थ्यताको प्राप्तिको लागि घरको फोहोरमैला विसर्जनको तरिका र व्यवस्था राम्रो हुनुपर्दछ, फोहोरमैला विसर्जन गर्ने तरिकाले नै घरको रोग र स्वास्थ्यताको स्थिति बताउदछ l हाम्रो सर्वेक्षण टोलीले सर्वेक्षण, अध्ययन स्थल कालिका नगरपालिका वडा न. ५ भिमपुरका पिछदिएका समुदायमा गरिएको सर्वेक्षणको अनुसार त्यहाँको फोहोरमैला विसर्जन गार्ने तरिकाको विवरण यस प्रकार तल प्रस्तुत गरिएको छ l
तालिका न. १९ फोहोर व्यवस्थापन सम्बन्धि जानकारी
फोहोर व्यवस्थापन विवरण
संख्या
प्रातिशत
खुल्ला ठाउँ
११
११.२%
खाल्डोमा
२४
२४.३%
जलाउने
२
२.२%
निश्चित ठाउँमा
६२
६२.२%
जम्मा
९९
१००%
माथिका तालिका अनुसार फोहोरमैले व्यवस्थापन अन्तर्गत सबै भन्दा धेरै निश्चित ठाउँमा फाल्ने मानिसहरुको संख्या ६२.२ प्रतिशत, खाल्डोमा फाल्ने संख्या २४.३ प्रतिशत, खुल्ला ठाउँमा फाल्ने मानिसहरुको संख्या ११.२ प्रतिशत रहेको छ भने सबै भन्दा कम जलाउने मानिसहरुको संख्या २.२ प्रतिशत रहेको पाईएको छ l
३.४.५ शौचालय सम्बन्धि विवरण
वातावरणीय प्रदूषणको प्रमुख कारण मानव मलमुत्र हो l यसलाई उपयुक्त रुपले विसर्जन गर्न नसकेमा वातावरण प्रदुषणले ठुलो र महामारीको रुप लिन सक्छ l त्यसै कुरालाई मध्यनजर गर्दै कालिका नगरपालिका वडा न. ५ भिम्पुर गाउँमा गरिएको सर्वेक्षणमा छनोट गरिएको सबै घरधुरीमा शौचालयको व्यवस्था भएको देखिएको छ l यसले हाम्रो समाजमा सकारात्मक रुपमा स्वस्थ सम्बन्धि ध्यान वा चेतना बढ्दै गएको आभास भएको अनुभूति गरेका छौ l यसरि स्वास्थ व्यवहार सम्बन्धि ज्ञान बढ्दै गएमा समाज र राष्ट्र नै स्वस्थ र स्वच्छ हुने छ l
३.४.६ शौचालयको अवस्था सम्बन्धि विवरण
मानवीय सभ्यताको पहिचान र सभ्य समाजको ;लागि सथ्सत्है स्वास्थ्यको दृष्टिकोणले पनि चर्पीमा चर्पीमा दिसापिसापा गर्नु राम्रो मानिन्छ l तर विविध कारणले चर्पी नभएको खण्डमा मानिसहरुले चर्पी बाहेक अन्य स्थलमा दिसापिसाप गर्नु परेको छ l हाम्रो सर्वेक्षण स्थल अनुसार चर्पीको अवस्था सम्बन्धि विवरण यसप्रकार रहेको छ l
तालिका न. २० सौचालय सम्बन्धि विवरण
विवरण
संख्या
प्रतिशत
पक्कि
८८
८८.५ %
कच्ची
११
११.५ %
जम्मा
९९
१००%
माथिका तालिका अनुसार उक्त अवलोकन क्षेत्रको शौचालयको अवस्था ८८.५ प्रतिशत पक्कि शौचालय र कच्ची शौचालय ११.५ प्रतिशत रहेको छ l
३.५ वातावरण सरसफाई सम्बन्धि विवरण
सामुदायिक सर्वेक्षण अध्ययन गर्दा वातावरणीय सरसफाई अन्तर्गत दाता बिहान मझ्नेहरु ७७.३३ पतिशत त्यसै गरि खाना पछी दाँत माझ्ने १० प्रतिशत र बिहान बेलुका दात माझ्ने १२.६४ प्रतिशत रहेका छन् l तुथापेस्तले दाँत माझ्नेहरु १०० प्रतिशत नै रहेका छन् l त्यसै गरि हात धुँदा साबुन पानिले प्रयोग गर्ने ९८ प्रतिशत रहेको छ भने खरान्नी पानि परयोगा गर्ने २ प्रतिशत रहेको पाईएको छ l
३.६ बच्चा जन्माउने सम्बन्धि विवरण
जब विबाह हुन्छ विबाह पश्चात बच्चा जन्माउन विभिन्न ठाउँमा जन्माउने गर्दछन l सामुदायिक सर्वेक्षण अध्ययन गर्दा उक्त अवलोकन क्षेत्रमा बच्चा जन्माउने स्थानको विवरण यस प्रकार रहेको छ l
वित्तचित्र न. १ बच्चा जन्माउने सम्बन्धि विवरण
माथिको वृत्तचित्र बाट के स्पस्ट हुन्छ भने सबै भन्दा धेरै अस्पतालमा ५७ प्रतिशतले अस्पतालमा बच्चा जन्माएको पाइयो ,त्यस्तै घरमा ३१ प्रतिशत, स्वास्थ्य चौकीमा १२ प्रतिशत र अन्य १ प्रतिशत रहेको पाइयो l
३.७ रतन्धो रोग सम्बन्धि विवरण
रोग लाग्नु भन्द, लाग्न नदिनु वेस भने झैँ रोगको बारेमा जान्नु पनि आवश्यक छ यसैले हामीले रतन्धो रोगको बारेमा के कति जानकारी छ भनेर हामीले गरेको अवलोकनलाई निम्न अनुसार तालिकामा प्रस्तुत गरेका छौ :
तालिका न. २१ रतन्धो रोग सम्बन्धि विवरण
रतन्धो रोग सम्बन्धि जानकारी
संख्या
प्रतिशत
छ
७९
७९.५ %
छैन
२०
२०.५%
जम्मा
९९
माथिका तालिका अनुसार रतन्धो रोग बारे थाहा भएको मानिसहरुको संख्या ७९.५ प्रतिशत रहेको छ भने थाहा नभएको २०.५ प्रतिशत रहेको छ l
अध्याय- चार (Chapter- Four)
सारांश, प्राप्ति, निष्कर्ष र सुझावहरु
(Summary,Findings,Conclusion and Suggestion)
४.१ सारांश (Summary)
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय स्नातक तह चौथो वर्षको स्वास्थ्य शिक्षाको पाठ्यक्रम सामुदायिक स्वास्थ्य सर्वेक्षण विषयको प्रयोगात्मक आंशिक पाठ्यभार पुरा गर्न चितवन जिल्ला कालिका नगरपालिका वाडा न. ५ भिमपुर गाउँमा गरिएको सामुदायिक शिक्षाका लागि "स्वास्थ्य व्यवहारका लागि सामुदायिक सर्वेक्षण" नामक यस सर्वेक्षण सम्पन्न गरिएको थियो l मानव जीवनमा सबै भन्दा ठुलो सम्पति भनको नै स्वास्थ्य हो l नेपालको सन्दर्भमा हेर्ने हो भने ग्रामिण तथा अर्धशहरी क्षेत्रमा अझै पनि स्वास्थ्य सम्बन्धि ज्ञान, बानि व्यवहार र चेतनामा परिवर्तन आएको पाइदैन l जसले गर्दा उक्त्त समुदायमा विभिन्न रोगहरुबाट मानिसहरु ग्रसित तथा पिडित हुने गरेका छन् l मानिसको स्वास्थ्यले जीवन संग प्रत्यक्ष सरोकार राख्ने गरेको पाइन्छ l वि.एड. चौथो वर्षको सामुदायिक स्वास्थ्य सर्वेक्षण माइनर (४४८) विषय लिई अध्ययनरत विद्यार्थीहरुले गरेको सर्वेक्षणमा सो समुदायको स्वास्थ्य संग सम्बन्धित स्वास्थ्य व्यवहारहरु साथै अन्य समस्याहरु सम्बन्धि सर्वेक्षण गरि, त्यस बाट प्राप्त भएको नतिजाहरुको आधारमा उक्त समस्या समाधान गर्ने दृष्टिकोण राखेका छन् l
यस समुदायमा स्थलगत अध्ययन गरि सो समुदायमा रहेका स्वास्थ्य समस्या पत्ता लगाई त्यसलाई प्राथिमिकरण गरि मुख्य समस्यामा आधारित रहेर एक्सन कार्यक्रम सम्पना गरिएको थियो l वडा न. ५ मा रहेका १५० घरधुरीहरुलाई विभिन्न तरिकाले छनोट गरि त्यसको ७५ प्रतिशत घरधुरीलाई लगभग ९९ घर छनोट गारिएको थियो l सर्वेक्षणकर्ता, मौसम, मानिसहरुको व्यस्तता तथा अवस्था आदि जस्ता कुराहरुलाई मध्यनजर गर्दै सुविधापूर्ण नमुना छनोट विधि छनोट गरिएको थियो l सामुदायिक सर्वेक्षणको प्रतिवेदन तयार गर्नको लागि सुविधाजनक विधि बाट नमुना छनोट गरि घरधुरीमा प्रत्यक्ष अन्तर्वार्ता सुची र खुल्ला प्रश्नहरु सोधी उक्त समुदायमा भएका विभिन्न समस्याहरु साथै अन्य स्वास्थ्य संग सम्बन्धित मुख्य उदेश्य बनाइ निर्धारण गरि अध्ययन गरिएको थियो l
घरधुरीको छनोट पछि समुदायमा रहेका र छनोटमा परेका प्रत्यक घरघरमा गैर अन्तरवार्ता लिने कार्य सम्पन्न गरिएको थियो l यसरि प्राप्त भएको तथ्यांकलाई विश्लेषण पश्चात विश्वविद्यालयमा बुझाउने कार्यह गरिएको थियो l समुदायमा रहेका मुख्य मुख्य व्य्क्तिहरुज (वडा अध्ययक्ष,संघ सस्थाका प्रतिनिधि,राजिनितिज्ञं,स्थानीय बुद्दिजिबि, समाजसेवी, महिला स्वास्थ्य स्वएम सेविका) आदि जस्ता थुप्रै व्यक्तिहरुको उपस्थितिमा सामुदायिक सर्वेक्षण गर्ने कार्य सम्पन्न गरिएको थियो l सर्वेक्षण बाट आएको नतिजालाइ सो सामुदायिक सर्वेक्षणका सदस्य तथा सो समुदायका अन्य व्यक्तिहरुको उपस्थितिमा त्यहाँ को मुख्य मुख्य समस्याको छनोट गरि त्यसलाई प्राथमिकीकरण गरेर एक्सन कार्यक्रमको विषयवस्तु तय गरेको थियो l प्राथामिकरण गर्दा स्वास्थ्य व्यवाहार सम्बन्धि ज्ञान र जानकारी मुख्य विषयबस्तुको रुपमा छनोट परेको थियो l खानेपानी तथा सरसफाई, सरुवा रोग, व्यक्तिगत सरसफाई, आदि मुख्य रुपमा देखिएका समस्याहरु थिए l यस्ता खाले समस्याहरु लाइ समधान गर्नको लागि सामुदायिक सर्वेक्षणका सब सदस्यहरुले घर घरमा गइ चेतनामुलक परामर्श दिएका थियौ l
४.२ अध्ययनका प्रप्तिहरु (Findings)
४.२.१ सामाजिक तथा जनसांख्यिक विवरण
Ø अध्ययन क्षेत्रका कुल ९९ घरहरु बाट अन्तरवार्तामा महिला ४७.४६ प्रतिशत पाइयो भने पुरुष ५२.५३ प्रतिशत रहेको पाईयो l
Ø अध्ययन क्षेत्रमा कुल ९९ घराहरु मध्ये सबै भन्दा बढी आदिबासी जनजातिका मानिसहरु ५२.५५ प्रतिशत बसोबास गरेको पाईयो, त्यसै गरी ब्राह्मण २७.२७ प्रतिशत रहेको पाइयो र सबै भन्दा क्षेत्री २०.२३ प्रतिशत मानिसहरु रेको पाइयो l
Ø अध्ययन क्षेत्रमा रहेको मुख्य पेशागत मध्ये कृषि सविया भन्दा धेरै ३९.३ प्रतिशत रहेको पाइयो l यसै गरि व्यापार गर्ने २९.२ प्रतिशत रहेको पाईयो l यसै गरि मजदुरी गर्ने १७.४ प्रतिशत पाइयो भने सबै भन्दा कम नोकरी गर्ने १४.२ प्रतिशत रहेको पाइयो l
Ø अध्यन क्षेत्रमा रहेका २ परिवार मध्य साबि भन्दा बढी ८४ प्रतिशत एकल परिवारमा पाइयो भने साबि भन्दा कम सयुक्त परिवार १६ प्रतिशत मात्र रहेको पाइयो l
Ø अध्ययन क्षेत्रमा रहेका ३ वटा घरको बनावट मध्य सबै भन्दा बढी अर्धपक्की ५६ प्रतिशत रहेको पाइयो, यसै गरि पक्कि ३४.६६ प्रतिशत र सबै भन्दा कम कच्ची ९.३३ प्रतिशत रहेको पाईयो l
४.२.२ खानेपानी तथा सरसफाई सम्बन्धि विवरण
Ø अध्ययन क्षेत्रमा रहेका ९९ घरधुरी मध्ये सबै भन्दा पढी धारा प्रयोग गर्ने ७५ प्रतिशत रहेको पाइयो यस्तै गरि चापकल १५.३ प्रतिशत रहेको पाईयो भने साबि भन्दा कम ईनार ९.६ प्रतिशत प्रयोग गर्ने पाइयो l
Ø अध्ययन क्षेत्रमा पानीको भण्डारण सबै भन्दा बढी गाग्रीमा ७५.७ प्रतिशत मानिसहरुले गर्ने गरेको पाईयो भने अन्य पर्योग गर्ने मानिसहरु २४.३ प्रतिशत रहेको पाईयो l
Ø अध्ययन क्षेत्रमा पानीलाई छोपेर राख्ने मानिसहरुको संख्या सबै भन्दा बढी ८८ प्रतिशत पाइयो भने छोपेर नराख्ने मानिसहरुको संख्या १२ प्रतिशत रहेको पाईयो l
Ø पानीको सुद्दिकरणमा फिल्टर विधि अपनाय्ने मानिसहरुको संख्या सबै भन्दा धेर्रै ६१.७० प्रतिशत पाइयो भने पानि घरमा राखेर खाने मानिसहरुको संख्या ३८.३० प्रतिशत रहेको पाईयो l
Ø सर्वेक्षण क्षेत्रमा ९९ घरधुरी मध्य गरिएको सार्वेक्षणमा शौचालय सबै घरमा १०० प्रतिशत रहेको पाइयो l यसले के पाइयो भने स्वास्थ्य क्षेत्रमा शौचालयको निर्माण स्वास्थ्य सम्बन्धि ज्ञान विस्तारै विकसित हुदै गएको पाइयो l
Ø उक्त अध्ययन क्षेत्रमा शौचालय ८८.५ प्रतिशत पक्कि शौचालय रहनेको पाईयो भने ११.५ प्रतिशत कच्ची शौचालय रहेको पाईयो l
Ø समग्रमा हेर्दा शौचालयको प्रयोग र सरसफाई नियमित रुपमा गर्ने ९६.५ प्रतिशत रहेको पाईयो भने शौचालय कहिले काही सरसफाई गर्ने ३.५ प्रतिशत रागेको पाईयो l
Ø दिशा पिसाब गरिसके पछी हात धुन साबुन पानीको प्रयोग गर्ने मानिसहरुको संख्या समग्रमा १०० प्रतिशत नै रहेको पाईयो l
४.२.३ खाना र पोषण सम्बन्धि अवस्था
Ø अध्ययन क्षेत्रमा रहेका ९९ घधुरी मध्ये एक दिनमा सबै भन्दा ३ पटक खाना तथा खाजाको प्रयोग गर्नेको संख्या ८० प्रतिशत रहेको पाईयो भने सबै भन्दा कम १/२ पटक प्रयोग गर्नेको संख्या २० प्रतिशत रहेको पाईयो l
Ø अध्ययन क्षेत्रमा बचेको खानलाई अर्को पटक प्रयोग गर्ने ६३.५७ प्रतिशत मानिसहरुको संख्या रहेको पियो भने प्रयोग नगर्ने मानिसहरुको संख्या ३६.४३ प्रतिशत रहेको पाइयो l
Ø अध्यन क्षेत्रमा आफ्नो घरमको उत्पादनले पुग्ने मानिसहरुको संख्या सबै भन्दा कम ३९.२३ प्रतिशत रहेको पाईयो भने उत्पादनले खाना नपुग्ने मानिसहरुको संख्या ६०.७७ पोर्तिशत रहेको पाईयो l
४.२.४ धुम्रपान, मद्यपान तथा लागुपदार्थ सम्बन्धि विवरण
Ø अध्ययन क्षेत्रका ९९ घरधुरी मध्ये धुम्रपानको एकल र मिश्रित प्रकारबारे जानकारी भएका १४२ जनाहरुमा सबै भन्दा बढी चुरोट सम्बन्धि जानकारी भएका मानिसहयूको संख्या ६० जना रहेको पाईयो l
Ø अधययन क्षेत्रमा धुम्रपानको सेवन गर्नेको संख्या ३६ प्रतिशत रहेको पाइयो भने धुम्रपान नगर्ने मानिसहरुको संख्या ६४ प्रतिशत रहेको पाईयो l '
Ø अध्यन क्षेत्रमा मानिसहरुमा धुम्रपानको असर सम्बन्धि जानकारी भएकाहरु मध्य बाट सबै भन्दा धेरै ८९ प्रतिशत मानिसहरु यसको असर बारेमा जानकार भएको भेटियो भने जानकार नभएको मानिसहरु साबि भन्दा कम २१ प्रतिशत रहेको पाईयो l
Ø अध्ययन क्षेत्रमा मद्यपान सेवन गर्ने मानिसहरुको संख्या १३.५७ प्रतिशत रहेको पाइयो l जसमा दैनिक सेवन गर्ने र कहिले काही सेवन गर्ने मानिसहरुको संख्या रहेको पाइयो l
४.३ निष्कर्ष (Conclusion)
v चितवन जिल्ला कालिका नगरपालिका वडा न. ५ भिमपुर गाउँमा आदिवासी जनजाति जस्तै थारु, गुरुङ, तामांग, मगर आदि ब्राम्हण र क्षेत्री समूदायमा गरिएको सर्वेक्षणबाट प्राप्त भएको तथ्यकलाई विश्लेषण गर्दा निम्न निष्कर्षहरू पाइयो l
v सर्वेक्षण गरिएका समुदायमा मानिसहरु स्थानीय स्तरमा उपलब्ध हुने खाने कुरा भन्दा बजारमा पाइने खाने कुरालाई बढी प्राथमिकता दिइएको पाईयो l
v जातिगत विवरण लाइ हेर्दा साबि भन्दा बढी आदिबासी जनजाति समुदायहरुका मानिसहरुको संख्या बढी रहेका पाइयो भने क्रमस: ब्राह्मण र क्षेत्री समुदायका मानिसहरु बसोबास रहेको पाईयो l
v उक्त सर्वेक्षण क्षेत्रमा सबै भन्दा बढी हिन्दु समुदायका मानिसहरु र क्रमस: बौद्द र क्रिश्चियन धर्म माने मानिसहरुको बसोबास रहेको पाइयो l
v हिन्दुको बाहुल्यता रहेको उक्त सर्वेक्षण स्थलमा वा समुदायाहरुमा नेपाली मातृभाषा बढी प्रयोग गर्ने गरेको पाईयो l
v अध्ययन समुदायमा धुम्रपान र मद्यपान दुवै सेवन गर्ने मानिसहरुको संख्या भन्दा सेवन नगर्ने मानिसहरुको संख्या धेर्रै रहेको पाईयो l
v अध्यन क्षेत्रमा स्वस्थ व्यवहार सम्बनधी ज्ञानको जानकारी भएका मानिःरुको संख्या सबै भन्दा धेरै रहेको पाइयो भने जानकारी नाभईका मानिसहरुको संख्या कम भएका पाइयो l
v उक्त अधयाना क्षेत्रमा सबै भन्दा धेरै साक्षर मानिसहरुको संख्या धेरै रहेको छ भने निरक्षण मानिसहरुको संख्या सबै भन्दा कम रहेको छ l
v खाना पकाउने तर्फ पनि सबै भन्दा बढी ग्यास सिलिन्डरको प्रयोग गर्ने म्मनिसह्रुको संख्या साबि भन्दा बढी रहेको पाइयो भने क्रमस: दाउरा र गोबर ग्यास प्रयोग गर्ने मानिसहरुको संख्या रहेको छ l
v अध्ययन क्षेत्रमा पानीका स्रोतहरु मध्ये सबै भन्दा धेरै मानिसहरुले धारा प्रयोग गरेको पाइयो भने क्रमस: चापाकल र इनार प्रयोग गरिएको पाइयो l
४.४ सुझावहरु (Recommendations)
चितवन जिल्ला कालिका नगरपालिका वडा न. पाँच भिमपुर गाउँमा गरिएको सर्वेक्षणको निश्कर्षलाइ विश्लेषण गरिसकेपछि निम्न सुझावहरु प्रस्तुत गरिएको छ l
§ समुदायिक स्वास्थ्य सम्बन्धि कार्यक्रम स्वस्थ व्यावहार सम्बन्धि गरिएको जनचेतनामुलक कार्यक्रममा स्थानीय वासिन्दाहरु जागरुक हुनुपर्ने l
§ समुदायका स्थानीय वासिन्दाहरुमा स्वास्थ्य व्यावहार सम्बन्धि ज्ञान धारणा विकास गरि व्यवहारमा परिवर्तन गर्नु पर्ने l
§ दिसापिसाव गरिसकेपछि वा खाना अघि वा पछी तथा धुलो माटो चलाइसकेपछी हात धोए पनि विधिगत रुपमा साबुनापानिले मिचीमिची हात धुनुपर्छ भन्ने जनचेतना पुर्याउने कार्यक्रम गर्न आवश्यक देखिन्छ l
§ महिलाहरुलाई जनशक्तिको रुपमा प्रयोग गर्न तथा आर्थिक आयआर्जन गर्नगराउन उनीहरुलाइ आधारभूत तालिमको आवश्यक देखिन्छ l
§ समुदायमा भएका सस्थ्य सम्बन्धि समस्याहरुलाई समाधान गर्नको लागि उक्त समुदायमा तहेका युवायुवती,नगरपालिका, आमासमुह,महिला सशक्तिकरण समूह, स्वस्थ्यक्रमिहरु तथा स्थानीय बासिन्दाहरु सहकार्य, समन्वय र संगठनमा सुचनामुलक कार्यक्रमहरु संचालन गर्नुपर्ने l
§ त्यहाँका बासिन्दाहरुले घरबाट निकालिएको फोहोरमैला उचित रुपमा व्यवस्थापन गर्न l
§ उक्त समुदायका मानिसहरु समय समयमा स्वास्थ्य परिक्षण गर्नको लागि प्रेरित गर्नु पर्ने l
§ सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले समय समयमा स्वास्थ्य सम्बन्धि शिविरहरु संचालन गर्नुपर्ने l
§ नियमित रुपमा गरिने शारीरिक व्यायाम, योगा, कसरत जस्ता शारीरिक क्रियाकलापहरुलाई समुदायका मानिसहरुलाई पनि प्रेरित गर्नुपर्ने l
§ उक्त समुदायका मानिसहरुलाई स्थानीय स्तरमा उत्पादन भएका खाने कुराहरुलाई प्रयोग गर्न प्रेरित गर्नुपर्ने l
अध्याय– पाँच (Chapter-Five)
सामुदायिक स्वास्थ्य शिक्षा कार्यक्रम (Community Action Programme)
५.१ पृष्ठभूमि (Background)
समुदायमा रहेका स्वास्थ्य समस्याहरूलाई प्रवर्द्न गरेर समुदायको स्वास्थ्य सम्बन्धि रहेका गलत धारणालाई परिवर्तन गर्नको लागि सामुदायिक स्वास्थ्य कार्यक्रम एकदमै महत्वपुर्ण हुन्छ l सामुदायिक स्वास्थ्य कार्यक्रम गर्नका लागि सामुदायिक भेला र सहभागी गराउनु अतिआवश्यक हुन्छ l सर्वेक्षण अध्ययनको प्रभाव दिगी र उदेश्य उन्मुख होस भनेर समुदायमा स्वस्थ व्यवहार लागि सामुदायिक समिति गठन गरि अध्ययनलाई सरल र व्यवस्थित बनाईएको थियो l अध्ययन टोलि बाट सर्वेक्षण सर्वेक्षण अध्ययन बाट प्राप्त तथ्यांकको आधार मा अध्ययन क्षेत्र चितवन जिल्लाको कालिका नगरपालिका वडा न. पाँच भिमपुर स्थित समुदायको स्वास्थ्य व्यवहारमा उल्लेख्य सुधार ल्याउने सोचले उक्त समुदायमा विभिन्न प्रकारका चेतनामुलक कार्यक्रम संचालन गरिएको थियो l
५.२ कार्यक्रमको उदेश्य (Objectives OfProgramme)
कुनै पनि कार्यक्रम आयोजना गरे पश्चात मानिसहरुमा निश्चित व्यवहार परिवर्तनको अपेक्षा रखिन्छ र जसलाई प्रभावकारी रुपमा संचालन गर्नको लागि सर्वप्रथम उदेश्यको निर्धारण गर्नुपर्दछ l यसै क्रमम हाम्रो अध्ययन समुहले चितवन जिल्ला कालिका नगरपालिका वडा न. पाँच स्थित भिमपुर गाउँको समुदायमा गरिएको समुदायका लागि समुदायिक स्वास्थ्य सर्वेक्षण कार्यक्रम आयोजना गर्नको लागि निम्न उदेश्य छनोट गरिएको थियो l
§ समुदायका स्थानीय मानिसहरु व्यक्तिगत, सामुदायिक स्वास्थ्य र स्वस्थ व्यवहार सम्बन्धि ज्ञान र धारणा लाइ परिवर्तन गरि चेतना प्रदान गर्ने l
५.३ अपेक्षित उपलब्धि (Expected Outcomes)
यस अध्ययन समुहले समुदायका लागि सामुदायिक स्वास्थ्य सर्वेक्षण कार्यक्रम पश्चात चितवन जिल्लाको कालिका नगरपालिका वडा न. पाँच भिमपुरा गाउँका मानिसहरुमा स्वस्थ व्यावहार सम्बन्धी निम्न किसमको सकारात्मक परिवर्तन आउने अपेक्षा राखिएको छ :
§ सर्वप्रथम स्वस्थ व्यवहार सम्बन्धि पूर्ण ज्ञान प्राप्त गरि आफुले प्राप्त गरेको स्वस्थ व्यवहार सम्बन्धि ज्ञान अरु लाइ पनि भन्नेछन वा दिनेछन् l
§ स्वस्थ व्यवहार सम्बन्धि प्राप्त ज्ञानले आफ्नो व्यक्तिगत सरसफाई, खानपान तथा शारीरक रुपमा पनि परिवर्तन आउनेछ l
§ सर्वेक्षण स्थलमा रहेका सबै खाले मानिसहरुमा स्वास्थ्य नै धन हो भन्ने कुरा जागुरुक र परिवर्तन हुनेछ l
§ अन्धविश्वास, कुरीति, कुसंस्कृतिलाई त्यागेर स्वस्थ समाजको निर्माण गर्नको लागि टेवा पुर्याउने छन् l
§ सर्वेक्षण समुदायिक स्थलका मानिसहरुमा फोहोर व्यवस्थापन, ढल व्यवस्थापन सम्बन्धि पूर्ण जानकारी पाउनेछन l
§ स्थानीय स्तरमा उत्पादन भएका खानेकुराहरु बढी प्रयोगमा ल्याउनेछन l
§ सामुदायिक स्वास्थ्य कार्यक्रमले उक्त क्षेत्रको स्वास्थ्य सम्बन्धि चेतनामुलक कार्यक्रममा सबै मानिसहरुको सहभागिता रहनेछ l
§ उक्त समुदायमा समय समयमा गैर संघ संस्थाहरुले स्वास्थ्य शिविरहरु संचालन गर्नेछन l
§ आफु स्वस्थ बन्न नियमित रुपमा शारीरिक व्यायाम, योगा, कसरत जस्ता सारिरिका क्रियाकलापहरु गर्नेछन l
§ समुदायका मानिसहरु आफ्नो घरबाट निस्किएको फोहोर मैला उचित रुपमा व्यवस्थापन गर्नेछन l
§ उक्त समुदायका मानिसहरु आफु स्वस्थ हुन समय समयमा स्वास्थ्य परिक्षण गर्नेछन l
५.४ कार्यक्रमको लक्षित समूह (Target Groups Of Programme)
सामुदायिक स्वास्थ्य सर्वेक्षण गर्न स्वास्थ्य र स्वस्थ व्यवहार सम्बन्धि चेतना नभएका, स्वास्थ्य समस्या भएका समुदाय तथा मानिसहरुको आवश्यकता तथा छनोट गर्नु पर्दछ l जसलाई लक्षित समूह भनिन्छ l यसै क्रममा हाम्रो अध्ययन समूह अन्तरगत चितवन जिल्ला कालिका नगरपालिका वडा न. पाँच भिमपुर गाउँमा अवस्थित समुदायका मानिसहरुमा छनोट भएका ९९ घरधुरीका मानिसहरुलाई लक्षित समुहको रुपमा राखिएको थियो l
५.५ आवश्यक स्रोत र साधनहरु (Essential Resources and Materials)
कुनै पानि कार्यक्रम उदेश्य पुरा गर्नको लागि सो कार्यक्रमको योजना तयार गर्नु जरुरि छ l यसै क्रममा कार्यक्रमका स्रोत तथा साधनको खोजी, तथा व्यवस्थापन गर्नु पर्दछ l यसै अन्तरगत चितवन जिल्ला कालिका नगरपालिका वडा न पाँच भिम्पुरा गाउँका समुदायहरुका मानवीय स्रोतमा स्थानीय बासिन्दाहरु र त्यस ठाउँमा अवस्थित सबै खाले मानीसहरु, जनप्रतिनिधिहरु तथा अधय्यायाँ समूह रहेका थिए l आर्थिक स्रोत अध्ययन समूह बाट सङ्कलन गरि जुटाएका थियौ भने अरु सामाग्रीहरु समुहमा बसी हामि आफै निर्माण गरेका हौ l
५.६ विधि तथा प्रक्रिया (Method and Procedures)
कुनै पनि समुदायमा सामुदायिक स्वास्थ्य सर्वेक्षण कार्यक्रम संचालन गर्दा त्यहाँका व्यक्तिहरु सख्स्हम भई सहि ज्ञान र सिप पुगोस भन्ने हेतुले कार्यक्रमलाई प्रस्तुत गर्नु पर्दछ l उक्त कार्यक्रम संचालन गर्दा कार्यक्रमको उपलब्धिको बारेमा सहि सुचना दिई मानिसका अधिकतम उपस्थिति गराउनु पर्दछ l अनि मात्र कार्यक्रमलाई अपेक्षा गरे अनुसार सम्पन्न गर्न सकिन्छ l कुनै पनि कार्यक्रम संचालन गर्दा विभिन्न विधि तथा क्रियाकलापको प्रयोग गर्नु पर्दछ l उक्त कार्यक्रममा प्रयोग भएको विधि तथा क्रियाकलापलाई निम्न अनुसार प्रस्तुत गरिएको छ l
१) छलफल विधि
२) प्रदशनी विधि
३) प्रयोगात्मक विधि
४) सहभागितामूलक विधि
५.७ प्रथम भेला (First Assembly)
सामुदायिक स्वास्थ्य समिति गठन
आज मिति २०७६/०६/२५ गतेका दिन त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र केन्द्रीय विभाग अन्तर्गत स्वास्थ्य विषयको समुदायका लागि सामुदायिक स्वास्थ्य सर्वेक्षण नामका माईनर (HP.Ed-448) विषय लिई उक्त विषयको प्रयोगात्मक तथा आंशिक पाठ्यभार पुरा गर्नको लागि चितवन जिल्ला कालिका नगरपालिका वडा न. पाँच भिमपुर गाउँका विभिन्न समुदायहरुमा अध्ययन समूह "ख" गई उक्त सामुदायिक स्वस्थ्य सर्वेक्षण कार्यक्रम्म गारें निर्णय गरियो l उक्त कार्यक्रममा विषय शिक्षक तथा प्राध्यापक श्री दिपक बाबु श्रेष्ठ को अध्यक्षतामा आठ सदस्य समितिको गठन गर्ने कार्य सम्पन्न गरिएको थियो l
समितिले सामुदायिक स्वास्थ्य सर्वेक्षण कार्यक्रमबाट प्राप्त भएको स्वास्थ्यः समस्यालाई जनचेतनामुलक तरिकाले समाधान गर्नको लागि गठन भएको समिति निम्न अनुसार सदस्य रहेका छन् l
१) तेजेन्द्र कुमार पुन (टोलि प्रमुख)
२) ललिता खरेल (टोलि उपप्रमुख)
३) प्रतिमा घिमिरे ( सदस्य )
४) रबिना नेपाली "
५) सबिना पन्त "
६) सुजता रानाभाट "
७) गीता कंडेल "
८) ममता परियार "
५.८ दोस्रो भेला (Second Assembly)
कार्यक्रमको कार्यान्वयन ( Action Programme)
शिर्षक स्वस्थ व्यवहारका लागि सामुदायिक सर्वेक्षण सम्बन्धमा जनचेतनामुलक कार्यक्रम त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय अन्तर्गत स्वास्थ्य HP.Ed 448 माइनर विषय लिई स्नातक तहको चौथो वर्षका विद्यार्थीहरुले (अध्ययन समूह "ख") प्रयोगात्मक तथा आंशिक पथ्यभारा पुरा गर्न मिति २०७६/०७/०५ गतेका दिन चितवन जिल्ला कालिका नगरपालिका वडा न. पाँच भिमपुर गाउँका समुदायहरुमा गाई त्यस ठाउँका सबै खाले मानिसहरुमा स्वस्थ व्यवहार सम्बन्धि कार्यक्रम लिएर घरदैलो तथा अन्तरवार्ता कार्यक्रम लिई प्रस्थान गरेको थियो र सोहि कार्यक्रम उक्त दिन भिमपुर गाउँका वडा अध्यक्ष श्री जियान महतो ज्यु को अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो l
यस कार्यक्रमको मुख्य उदेश्य सो समुदायमा रहेका सबै खाले मानिसहरु जस्तै: गरिव, पिछिडिएका, धनि, मध्यम वर्ग सविया खाले मानिसहरुमा स्वास्थ्य सम्बन्धि व्यवहार के कस्तो छ भनि लेखाजोखा गर्ने र उक्त समुदायमा भएका स्वास्थ्य सम्बन्धि अज्ञानतालाई दुर गराउने र रुढीवादी परम्परालाई हटाउने, समाजमा भएका स्वास्थ्य सम्बन्धि कुरीति, कुसंस्कार आदि जस्ता कुरालाई मध्येनजर गर्दै यस्ता खाले समस्यालाई समाधान गर्ने र स्वस्थ व्यवहारका मा परिवर्तन ल्याई समाज रिपान्तरणमा प्रेरित गर्नु नै हाम्रो कार्यक्रमको मुख्य रहेको थियो l कार्यक्रम अनौपचारिक रुपमा संचालन र समापन गरिएको थियो l जसमा स्थानीय समुदाय वा बासिन्दाहरुको प्रत्यक घरमा प्रत्यक्ष अवलोकन र अन्तर्वार्ता गरि वा लेखाजोखा गरि उक्त घर तथा सम्पूर्ण स्थानीय वासीहरुको समस्या र कमि कमजोरीहरु र स्वास्थ्य व्यवहार बारे भए गरेका लापरबाही लाइ हामि आध्ययंन गरेका थियौ l त्यति मात्र नभई घरको अवस्था, व्यक्तिगत स्वास्थ्य अवस्था, करेसाबारी, सामाजिक तथा सांस्कृतिक स्वास्थ्य समस्या, खानेपानिको प्रयोग र त्यसको अवस्था, शौचालय को अवस्था र त्यसको प्रयोग, घरमा पालेका जनावर र त्यसबाट निस्कने मल वा फोहोरको व्यवस्थापन, व्यक्तिगत खानपान र स्वास्थ्य अवस्था, शारीरिक व्यायाम र त्यसको असर, रोग र रोग सम्बन्धि जानकारी र आर्थिक तथा जनसंख्यिक विवरण आदि जस्ता विभिन्न कुराहरुमा अध्ययन तथा प्रत्यक्ष अवलोकन गरेका थियौ l यसै गरि उक्त अवालोकन्न पश्चात प्रत्यक व्यक्तिलाई स्वास्थ्यका लागि स्वस्थ व्यवहार सम्बन्धि जानकारी के कति छ भनि अवलोकन पनि गरेका थियौ l यसरि अवलोकन तर अन्तर्वार्ता पश्चात सबै खाले परिवार लाइ स्वास्थ्य नै धन हो भन्ने मूल मन्त्र दिई यसको पूर्ण ज्ञान पाउनु पर्दछ भन्ने धारणा ल्याउन प्रेरित गर्ने काम गर्यौ त्यति मात्र नभएर अवलोकन गर्दा भए गरेका विभिन स्वास्थ्य सम्बन्धि समस्यालाई समाधान र त्यसको उअपायाहरुज पनि बताएका थियौ l अध्ययन समुहले त्यस अध्यन समुदायमा धुम्रपान, मद्यपान आदि जस्ता विभिन्न कुलतमा फसेका युवा तथा युवतीहरुको लागि पनि लत बाट छुट्नका लागि प्रेरित गर्ने कार्य पनि गरेको थियौ l अध्ययन समुहले त्यति मात्र नभएर त्यस समुदायमा स्वास्थ्य सम्बन्धि विभिन्न आवश्यकताहरु के के छन् भनि अध्ययन पनी गरेको थियो l उक्त अध्ययन कार्यक्रममा उक्त समुदायका विभिन्न प्रकारका मानिसहरु जस्तै जनप्रतिनिधिहरु, बुद्दिजीवी, शिक्षक, स्वास्थ्य स्वयम सेविका, आदि साबि संग स्वास्थ्य संग सम्बन्धित कुराहरुमा बहस र छलफल पनि गरेका थियौ l
यसै क्रममा हाम्रो समुदायिक स्वास्थ्य सर्वेक्षण र अवलोकनको कार्यक्रम सम्पन्न पश्चात हामि उक्त समुदायका वडा न. पाँच को कार्यलय तर्फ गाइ उक्त वडा का वडा अध्यक्ष श्री जियान महतो संग भेटघाट गरि समुदायमा भएका समस्या, आवश्यकता र विकृतिको बारेमा जानकारी गराई उक्त समस्याको समाधान, परामर्श र सल्लाह दिने कार्य हामि साबि अध्ययन टोलीका साथीहरु बाट भएको थियो l
यसरि हाम्रो कार्यक्रम लाई सवल, प्रवल, सहि र स्वस्छ वातावरण सफल पार्नका लागि हाम्रो कर्यक्रम संचालन गर्न अनुमति दिई सहयोग गर्नुहुने कालिका नगरपालिका वडा न. पाँच का वडा अध्यक्ष श्री जियान महतो ज्यु,त्यसै गरि हाम्रो कार्यक्रममा दुख नमानी घरमा अन्तर्वार्ता दिई सहयोग गर्नु हुने सबै स्थानीय बासिन्दाहरु, त्यसै गरि जनप्रतिनिधिहरु, बुद्दिजीवी, स्वास्थ्य स्वयंम सेविका, उक्त गाउँका स्वस्थ्य सम्बन्धि चासो र चिन्ता लिनु हुने सबै महानुभावहरु प्रति विशेष आभार र धन्यबाद दिदै अध्ययन कार्यक्रमका टोलि प्रमुख तेजेन्द्र कुमार पुन बाट कार्यक्रम समापन भएको थियो l
५.०९ मुल्यांकन र अनुगमन (Evaluation And Follow Up)
यस अध्ययन कार्यक्रम समापन भएको केहि दिन पछी अध्ययन समुहका सदस्यले गरेको अनुगमनलाई आधार मान्ने ह्हो भने यस क्षेत्रमा रहेका मानिसहरुको स्वास्थ्यका स्वस्थ व्यवहार सम्बन्धि पूर्ण ज्ञान र व्यवहारमा सकरात्मक परिवर्तन आएको पाईयो l सामुदायिक सर्वेक्षणले उक्त समुदायका मानिसहरुमा व्यक्तिगत सरसफाई, मद्यपान र धुम्रपान तथा वरपर रहेका वातावरण हरु लाइ स्वस्थ राख्नुका साथै बनि र व्यवहारमा पनि परिवर्तन भएको पाईयो l
प्रत्यक्ष अवलोकनका क्रममा देखिएका स्वास्थ्य प्रति लापरबाही अहीले आएर विस्तारै हत्त्दै गएको पाइएको छ l धुम्रपान र मद्यपान स्वास्थ्यका लागि हानिकारक छ र स्वास्थ्य नै धन हो भन्ने नारालाई वा मुला मन्त्रलाइ आत्मसाथ गर्दै समुदायका मानिसहरु अगाडी बढेको पाइयो l त्यस्तै गरि स्वास्थ्य सरसफाई लाई विशेष महत्व दिदै समुदायका मानिसहरुले बेलाबेलामा सरसफाई कार्यक्रम गर्दै आएको पनि पाइयो l यस समुदायका व्यक्तिहरुलाई अध्ययन समूह "ख" को तर्फ देखि हार्दिक धन्यवाद तथा शुभकामना !!
परिशिष्ट क
घानचार्ट (Gantt Chart
S.N
Activities
Involve person
Target Date
Accomplishment Date
Expected Outcomes
१
अध्ययन समूह निर्माण
विषय शिक्षक, अध्ययन समूह
२०७६/०५/०९
२०७६/०५/०९
समुदाय छनोट
२
अकुलर सर्वे
विषय शिक्षक अध्ययन समूह
२०७६/०५/१५
२०७६/०५/१५-१६
सम्बन्धित विषयमा छलफल
३
अध्ययन सामाग्री निर्माण
अध्ययन समूह
२०७६/०५/२०
२०७६/०५/२०-२१
प्रतिवदन प्रस्तुतिकरण
४
अध्ययन सामाग्री परिक्षण
अध्ययन समूह
२०७६/०५/२८
२०७६/०५/२८-३०
सम्बन्धित विषयमा छलफल
६
तथ्यांक सङ्कलन
अध्ययन समूह
२०७६/०६/२३
२०७६/०६/२३-२४
प्रतिवेदन प्रस्तुतिकरण
७
प्रथम सामुदायिक भेला
अध्ययन समूह
२०७६/०६/२५
२०७६/०६/२५
सम्बन्धित विषयमा छलफल
८
दोस्रो सामुदायिक भेला
अध्ययन समूह
२०७६/०७/०५
२०७६/०७/०५
सम्बन्धित विषयमा छलफल
९
प्रतिवेदनको तयारि अन्तिम
अध्ययन समूह
२०७६/०८/०२
२०७६/०८/०२-१५
सम्बन्धित विषयमा छलफल
त्रिभुवन विश्वविद्यालय
शिक्षा शास्त्र संकाय
सप्तगण्डकी बहुमुखी क्याम्पस
स्वास्थ्य शिक्षा विभाग
सामुदायिक स्वास्थ्य सर्वेक्षण
Questions
१.जनसांख्यिक बिबरण
क) जिल्ला : चितवन ख) महा-नगरपालिका / गाउँपालिका: कालिका
ग) वडा न. : पाँच घ) घर न. :
ङ) घरमुलीको नाम: च) परिवारको किसिम:
छ) भाषा : ज) जाति :
झ) धर्म : ञ) लिङ्ग :
२. पारिवारिक बिबरण
सदस्यको नाम
उमेर
लिङ्ग
पेशा
शिक्षा
बैबाहिक स्थीति
महिला
पुरुष
निरक्षर
साक्षर
शैक्षिक स्तर
बिबाहित
अबिबाहित
३. आर्थिक स्थिति
३.१. तपाइको परिवारको मुख्य आम्दानीको स्रोत के हो ?
क) कृषि ख) मजदुरी ग) जागिर घ) ब्यापार ङ) अन्य
३.२. तपाइको परिवारको मुख्य खर्च हुने क्षेत्र कुन हो ?
क) खाना ख) औषधि उपचार ग) शिक्षा घ) मनोरञ्जन ङ) अन्य
३.३. के तपाइको जग्गा जमिन छ ?
क) छैन ख) छ
३.४. यदि छ भने कति छ ?
क) ........बिगाह ख) ......धुर ग) ........कट्ठा घ) .......छैन
३.५. यातायातको साधन के छ ?
क) साइकल ख) मोटरसाइकल
ग) गाडा घ) छैन
३.६. घर पालुवा जनावर के छ ?
क) भैसी ख) गाई ग) गोरु
घ) बाख्रा ङ) कुखुरा च) अन्य
३.७. के तपाइको उत्त्पादंनले खान पुग्छ?
क) पुग्छ ख) पुग्दैन
४. सामाजिक साँस्कृतिक स्थिति
४.१. तपाईको बिचारमा छोरा र छोरीमा कसलाई बढी महत्त्व दिनुहुन्छ ?
क) छोरा ख) छोरी ग) दुवै
४.२. महिनावारी भएको अवस्थामा महिलालाई छुट्टै राख्नु हुन्छ ?
क) राख्छु ख) राख्दिन
४.३. के तपाइँ सामाजिक सास्कृतिक कार्यक्रममा मद्द्यपान गर्नुहुन्छ ?
क) गर्छु ख) गर्दिन
४.४. तपाइको परिवारमा फुर्सदको समयमा कसरी बिताउनु हुन्छ ?
क) मनोरञ्जन गरेर ख) सुतेर ग) गफ गरेर घ) उत्त्पादन मुलक काम गरेर
४.५. तपाइले सवास्थ ब्यवाहार सम्बन्धि जानकारी पाउनु भएको छ ?
क) छ ख) छैन
४.६. यदि छ भने कहाँबाट पाउनुभयो ?
क) रेडियो ख) पत्रपत्रिका ग) टेलीभिजन
घ) अन्य
४.७. गर्भावती हुदा गर्भ परीक्षण गर्नु भयो ?
क) गराए ख) गराएन
४.८.नगर्नु भएको भए किन गर्नु भएन ?
क) आवश्यक नठानेर ख) समय नभएर ग) स्वास्थ्य चौकी टाढा भएर
घ) थाहा नभएर
४.९. तपाइको घरमा बच्चा जन्माउन कहाँ जानुहुन्छ ?
क) स्वास्थ्य चौकी ख) घरमै
ग) अस्पताल घ) अन्य
४.१०. परिवार नियोजन सम्बन्धि जानकारी थाहा पाउनु भएको छ ?
क) छ ख) छैन
४.११. थाहा पाउनु भएको छ भने कहाँ बाट पाउनु भयो ?
क) रेडियो ख) टि. भी
ग) स्वास्थ्य चौकी घ) अन्य
५. वातावरणीय स्वास्थ्य
५.१ तपाइको खाने पानीको मुख्य स्रोत के हो ?
क) धारा ख) इनार ग) चापकल घ) अन्य
५.२. के तपाईको खाने पानीको भाँडा छोपेर राख्नु हुन्छ ?
क) राख्छु ख) राख्दिन
५.३ तपाई खाना पकाउदा कुन इन्धन प्रयोग गर्नु हुन्छ ?
क) दाउरा ख) गोबर ग्याँस ग) सिलिन्डर घ) अन्य
५.४. घरबाट निस्किएको फोहोर कहाँ फाल्नुहुन्छ ?
क) खाल्डो ख) बाटोमा ग) खुल्ला ठाउँमा घ) निश्चित ठाउँमा
५.५. के तपाइको घरमा चर्पी छ ?
क) छ ख) छैन
५.६. यदि छ भने कस्तो छ ?
क) कच्ची ख) पक्कि
६. व्यक्तिगत सरसफाई
६.१. तपाइको दात कति बेला माझ्नु हुन्छ ?
क) बिहान उठे पछी ख) खाना पछी
ग) बिहान बेलुका खाना पछी
६.२. दात के ले माझ्नु हुन्छ ?
क) तुथापेस्तले ख) अँगारले
ग) निमले घ) अन्य
६.३. के तपाइँ दिसा गरि सके पछी हात धुनुहुन्न्छ ?
क) धुन्छु ख) धुन्न
६.४. तपाइँ हात धुन के प्रयोग गर्नु हुन्छ ?
क) खरानी रफा पानि ख) साबुन र पानि ग) अन्य
६.५. तपाइले नङ पाल्नु भएको छ ?
क) छु ख) छैन
७. पोषण र आहार सम्बन्धि
७.१. तपाइले दैनिक खाने क हो ?
क) दाल, भात ,तरकारी ख) ढिडो र तरकारी ग) ................................
७.२. तपाइले दैनिक रुपमा फलफुल खानु हुन्छ ?
क) खान्छु ख) खादिन
७.३. तपाइले तरकारी कति बेला कत्त्नु हुन्छ ?
क) पखाल्ने अघि काट्ने ख) काट्ने अनि पखाल्ने
७.४ के तपाइको घरमा करेसाबारी छ ?
क) छ ख) छैन
७.५. के तपाईलाई कुपोषणको बारेमा थाहा छ ?
क) छैन छ) छ
७.६. तपाइको बिचारमा कुपोषण के कारण ले लाग्छ ?
क) पोसिलो खाना नखाएर ख) धेरै खाना खानाले
ग) भूतप्रेतको कारणले घ) अन्य
८. रोग नियन्त्रणको उपाय सम्बन्धि बिबरण
८.१. तपाइले झाडापखाला लाग्दा जीवन जल प्रयोग गर्नु भयो ?
क) गरे ख) गरिन
८.२. के तपाईलाई रतन्धो बारे थाहा छ ?
क) छ ख) छैन
८.३. यदि छ भने रतन्धो के कारण ली लाग्छ ?
क) सरसफाइको कमीले ख) भिटामिन 'ए' को कमीले
ग) भूतप्रेत को कारण ले घ) अन्य
८.४. के तपाइको समुदायमा स्वास्थ्य संस्था रहेको छ ?
क) छ ख) छैन
८.५. यदि छ भने कस्तो खालको स्वास्थ्य संस्था रहेको छ ?
क) स्वास्थ्य चौकी ख) उप स्वस्थ्य्हा चौकी
ग) अस्पताल घ) क्लिनिक
८.६. के तपाई कुलतमा फस्नु भएको त छैन ?
क) छु ख) छैन
८.७. तपाइको बिचारमा कुलतमा लाग्नु कस्तो पक्ष हो ?
क) राम्रो ख) नराम्रो
९. समुदायको समस्या र आवश्यकता
१................................................. २.........................................................
३................................................ ४........................................................
५................................................. ६........................................................
७.................................................. ९.......................................................
१०................................................ ११.....................................................
१०. अवलोकन :
१०.१. घरको प्रकार
क) कच्ची ख) पक्कि घ) अर्ध पक्कि
१०.२.छानाको प्रकार
क) ढलान ख)) छवाली खर ग) तिन
१०.२. चर्पीको अवस्था
क) पक्कि ख) साधारण ख) अन्य
१०.३. भेन्टिलेसनको प्रकार
क) कम्जोर ख) माध्ययम ग) राम्रो
१०.४. फोहोर व्यवस्थापनको तरिका
क) फोहोर फाल्ने भाडो ख) तोकिएको ठाउँमा
१०.५. भान्साको प्रकार
क) छुट्टै ख) अन्य कोठामा संगै
१०.६. सम्पूर्ण सरसफाई
क) सन्तोष जनक ख) मध्यम ग) सन्तोष जनक नभएको
१०.७. स्वस्थ व्यावाहरको ज्ञान
क) सन्तोष जनक ख) मध्यम ग) सन्तोष जनक नभएको
धन्यवाद
सन्दर्भ सामाग्री (References)
Dhakal, Somnath(2076).Basic Of Health Education,Kathmandu:Ratna Pustak bhandaar
Budhaathoki, Chitra bahadur and Wagle, Bishnu prasad,(2007BC), Community Health Survay,Kathmandu: Bagbazar pinakal publication
DoHS. (2073). Annual health report(2072/73) Kathmandu:Department of Health Service
DoHS. (2075). Annual health report(2074/75) Kathmandu:Department of Health Service
Suppo य, (२०५५).सुचना विभाग, काठमाण्डौ l राष्ट्रिय जनगरणना, (२०६८), अन्तिम नतिजा, केन्द्रीय तथ्यांक ter. Kathmandu:Makalu Prakashan
अध्ययन स्थलमा लीएका केहि तस्विरहरु






Comments